विभिन्न कार्यक्रम गरी ७२ औं भारतीय सांस्कृतिक सम्बंध परिषद स्थापना दिवस मनाइयाे – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

विभिन्न कार्यक्रम गरी ७२ औं भारतीय सांस्कृतिक सम्बंध परिषद स्थापना दिवस मनाइयाे

काठमाडौं । भारतीय राजदूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले नक्सालस्थित होटल मेरियटमा ७२ औं भारतीय सांस्कृतिक सम्बंध परिषद (आइसीसीआर) स्थापना दिवस मनाएको छ । चैत्र २६ गते परिषद्का पूर्व विद्यार्थीहरुबीच मित्रताको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले (India@75) आजादीका अमृत महोत्सवकै रुपमा उक्त कार्यक्रमको उद्घाटन नियोग उप–प्रमुख नामग्य खम्पाले गरेकी थिइन् ।

कार्यक्रममा नेपालबाट आइसीसीआरका दुई प्रतिष्ठित पूर्व छात्रहरु–काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापा र नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश प्रधानले भारतमा अध्ययन गर्दाका आफ्ना अनुभवहरु सुनाएका थिए ।

त्यसैगरी बहुचर्चित अभिनेत्री मनीषा कोइरालाले कार्यक्रममा आफ्ना बाल्यकाल र भारतमा प्रारम्भिक शिक्षा लिदा बटुलेका अनुभवहरु साटेकी थिइन् । विश्वभर छरिएर रहेका आइसीसीआरका पूर्व विद्यार्थीहरुको अनुभवलाई संकलन गरी भिडियोमार्फत उक्त कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा राजनीतिज्ञ डा. शशांक कोइराला लगायतको उपस्थिति रहेको थियो भने स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७८ चैत्र २८, १७: ४८

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७८ चैत्र २८, १७: ४८

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...

सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
  • २०७८ चैत्र २८, १७: ४८

काठमाडौं : गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता...