अपाङ्गता तथा द्वन्द्वपीडित पत्रकारका मुद्धा सम्बाेधन गरिनु पर्छः महासंघ – Naya Bikalpa
July 27, 2026, Monday      Epaper

अपाङ्गता तथा द्वन्द्वपीडित पत्रकारका मुद्धा सम्बाेधन गरिनु पर्छः महासंघ

काठमाडाैं । नेपाल पत्रकार महासंघले अपाङ्गता तथा द्वन्द्वपीडित पत्रकारका मुद्धा उठाएर समस्या समाधानका निम्ति पहल गर्नु पर्ने पीडित पत्रकारले माग गरेका छन् ।

आज राजधानीमा आयोजित छलफल कार्यक्रममा यस्तो माग गरेका हुन । अपाङ्गता तथा द्वन्द्व पीडित पत्रकारका मुद्धा मुलधारमा ल्याउन महासंघले भूमिका खेल्न पर्ने उनीहरुले जिकिर गरेका छन् ।

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय काठमाडौंमा भेला भएका पीडित पत्रकारले सामुहिक आवाज उठाउदै राज्यको ध्यानाकर्षण गर्नु पर्ने र गणतन्त्र, धर्मनिरपेक्षता, संघियतालगायत व्यवस्था परिवर्तनमा महत्वपूर्ण भूमिका

निर्वाह गर्दै आएका पत्रकारलाई राहतसहित सम्मान गर्नु पर्ने, अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन नपाइने, द्वन्द्व तथा जनआन्दोलनमा घाइते भएका पत्रकालाई सम्मान गर्नु पर्ने छलफल कार्यक्रममा उनिहरुले माग गरे ।

पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गरिनु पर्ने भन्दै सरकारी संचार माध्यममा काम गर्न पाउनु पर्ने बताएका छन् । नीति निर्माण, बनेका एन, कानुनको र कार्यविधिको सही कार्यान्वयन गरिनुपर्ने भन्दै

नेपाल पत्रकार महासंघको उनीहरुले ध्यानाकर्षण गरेका हुन । कार्यक्रममा बोल्दै नेपाल महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारीतामा अपाङ्गताका तर्फबाट सवैलाई समेट्‌ने भएकाले यी मुद्धालाई महासंघले गम्भिरतापूर्वक लिएको बताए ।

नीति निर्माण गर्ने तहलाई घचघच्याउन र कार्यान्वयन गराउन महासघ निरन्तर लागिपर्ने वचनवद्धता प्रकट गरे । नेपाल पत्रकार महासंघ अपाङ्गता तथा द्वन्द्वपीडित समिति संयोजक नविन रिजालले समग्र पत्रकारीता क्षेत्रमा रहेका पीडित पत्रकारलाई राज्यले सम्मान सहितको प्याकेज

ल्याएर व्यवसायिक बनाउन पहल गरिने बताए । सम्पूर्ण द्वन्द्वका परेका पत्रकारको अभिलेख राखेर भत्ता संगसंग सरकारी मिडियामा अवसरका निम्ति लड्न पहल गरिने बताए ।

कार्यक्रममा पत्रकार वरिष्ठ पत्रकार, महासंघका पूर्व सदस्यहरु, विभिन्न संचारक्षेत्रमा क्रियासिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति, अनशन तोडियो
  • २०७९ बैशाख १, १३: १५

काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...

भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
भारतको सहयोगमा दार्चुलामा विद्यालय भवनको शिलान्यास
  • २०७९ बैशाख १, १३: १५

काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...

सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
सुनसरी घटना : सिडिओसहित सुरक्षा अधिकारीहरूलाई गृह मन्त्रालयले फिर्ता बोलायो
  • २०७९ बैशाख १, १३: १५

काठमाडौं : गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता...