
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन हुँदैन कि भनेर शंका नगर्न आग्रह गरेका छन् । मंगलबार आयोगले आयोजना गरेको मिडिया अन्तक्र्रिया कार्यक्रममा आयोग स्वच्छ र निष्पक्ष निर्वाचन गर्न तयार रहेको बताउँदै आयुक्त थपलियाले भएरहित वातावरणमा बैशाख ३० मा नै सम्पन्न हुने बताएका हुन् ।
कार्यक्रममा आयुक्त थपलियाले स्थानीय तह निर्वाचनका लागि बैंशाख ८ गते देशभरका सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने बताए ।
प्रमुख थपलियाले दलहरुको सुझावकै आधारमा मनोनयनका लागि दुई दिन छुट्टाइएको र आफ्ना उम्मेदवारहरुको प्रचार–प्रसारको अवधि पनि प्रयाप्त रहेको बताए । यसपटकको निर्वाचनमा अघिल्लो स्थानीय निर्वाचनमा भएका कमीकमजोरीलाई पनि सच्चाएर आयोग अघि बढेको बताए ।
आयोगले जारी गरेको आचारसंहिता कार्यान्वयनमा निर्वाचनमा भाग लिने दलहरुले प्रतिवद्धता जनाएको र यसको पालना गर्नु सबै नागरिकहरुको दायित्व भएको समेत बताए । आफ्नो दायित्व र परिक्षा आफै लिएर निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै दलहरुलाई, सञ्चारमाध्यम र नागरिकहरुलाई सुझाव दिए ।
आयुक्त थपलियाले निर्वाचनको मौनअवधिमा देशभर मदिरा बिक्री वितरण नगर्न–नगराउन प्रस्ताव गरिएको समेत जानकारी दिए । भय रहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण दल, नागरिकहरुले आ–आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए ।
काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...
काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...
काठमाडौं : गृह मन्त्रालयले गएराति सुनसरीमा भएको घटनालाई लिएर त्यहाँका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बासुदेव घिमिरेसहित सुरक्षा निकायका प्रमुखहरुलाई फिर्ता...