प्रधानमन्त्री देउवाले बाेलाए काँग्रेस शीर्ष नेताहरूकाे बैठक – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

प्रधानमन्त्री देउवाले बाेलाए काँग्रेस शीर्ष नेताहरूकाे बैठक

काठमाडौं । नेपाली काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनबीच महानगर र उपमहानगरको सिट बाँडफाँड मिलेसंगै पार्टीका उम्मेदवार चयन गर्न छलफलका लागि बैठक बोलाएका छन् ।

बिहीबार दिनको ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी आह्वान गरिएको बैठकमा देउवाले नेता शशांक कोइराला, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ र महान्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरुलाई बोलाइएको छ ।

स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरुको योगदानको कदर गर्दै चुनावी तालमेल गर्ने निर्णय गरेको काँग्रेसले बुधबार गठबन्धन सम्बद्ध दलहरुले महानगर र उपमहानगरपालिकाहरुको दलगत सिट बाँडफाँड टुंगाएसंगै काँग्रेसले पार्टीमा एकमत बनाउँन उम्मेदवारका विषयमा आज छलफल गर्न थालेको हो ।

पार्टीभित्रको शक्ति सन्तुलनलाई मिलाएर प्रधानमन्त्री देउवाले महानगर र उपमहानगरको टिकट वितरण गर्न लागेका हुन् । नेपाली काँग्रेसको विधानअनुसार महानगरको मेयर तथा उपमेयर केन्द्रले र उपमहानगरको मेयर तथा उपमेयरका उम्मेदवार प्रदेशले टुङ्ग्याउने व्यवस्था छ ।

सम्बन्धित समाचार

मंगलबहादुर शाही कर्णालीको मुख्यमन्त्रीमा नियुक्त
मंगलबहादुर शाही कर्णालीको मुख्यमन्त्रीमा नियुक्त
  • २०७९ बैशाख ८, १३: २३

काठमाडौं : कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा...

सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
सभापति थापाद्वारा नेता श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
  • २०७९ बैशाख ८, १३: २३

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । नेता श्रेष्ठको उपचारका...

उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत वैकल्पिक राष्ट्रिय शक्ति बन्ने
उज्यालो नेपाल पार्टीको निष्कर्ष: सुशासन, हरित विकास र आर्थिक रूपान्तरणमार्फत वैकल्पिक राष्ट्रिय शक्ति बन्ने
  • २०७९ बैशाख ८, १३: २३

काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठकले नेपालको समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक अवस्थाको समीक्षा गर्दै सुशासन, उत्पादनमुखी अर्थतन्त्र...