
नयाँ विकल्प,
चितवन -चितवन कांग्रेसका असन्तुष्ट नेताहरुले रेनु दाहालले भरतपुरको मेयरमा रुख चिह्नबाट चुनाव लडेमात्रै भोट दिने विषयमा छलफल गर्न सकिने बताएका छन् ।
उनीहरुले रेनुले कांग्रेसको भोट पाउन रुख चिह्न लिएर लड्नुपर्ने नत्र भोट नपाउने बताएका छन् । पूर्व सांसद जगन्नाथ पौडेलले रेनु दाहालले रुख चिह्नबाट चुनाव लड्ने हो भने छलफल गर्न सकिन नत्र माओवादीको चिह्नमा कांग्रेसले भोट नहाल्ने बताए ।
२०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसले भरतपुरको मेयरमा रेनु दाहाललाई सहयोग गरेको भन्दै उनले यसपटक केन्द्रको निर्णय कार्यन्वयन नहुने बताए ।
भरतपुरको मेयरमा माओवादी केन्द्र र उपमेयरमा कांग्रेसबाट उमेदवार उठाउने गरी सत्ता गठबन्धनमा निर्णय भएपछि जिल्ला तहका नेता कार्यकर्ताहरु रुष्ट बनेका छन् ।
मेयरको उमेदवार नेकपा माओवादी केन्द्रलाई छाडेकामा असन्तुष्टि जनाउँदै चितवन कांग्रेसका नेता कार्यकर्ताले सभापतिको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।
भरतपुरको मेयरमा गठबन्धनका तर्फबाट माओवादीकी रेनु दाहालले पुनः उमेदवारी दिने भएकी छन् ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...