
नयाँ विकल्प,
काठमाडौं – पार्टी कार्यालय सानेपामा सोमबार पत्रकार सम्मेलन गर्दै काँग्रेस प्रवक्ता प्रकाशशरण महतले नेकपा एमालेका अध्यक्ष ओलीलाई जवाफ फर्काउदै झुटमाथि झुट बोलेको बताए । आइतबार पत्रकार सम्मेलन गर्र्दै ओलीले काँग्रेसमाथि प्रहार गरेपछि आज काँग्रेस प्रवक्ताले आफुहरुले झुटो राजनीति नगरेको बताए ।
उनले भने ‘ओलीको पालामा काण्डै काण्ड भए । भनिसाध्य छैन, ओलीमाथि आफ्नै पार्टीबाट गम्भीर आरोप सचिवालयमा दर्ज भएको थियो । उहाँले काण्ड नमच्चाएको भए आफ्नै पार्टीबाट गम्भीर आरोप लाग्थ्यो ?’
कोरोनाले मुलुक आक्रान्त हुँदा ओलीको सरकारको ध्यान कमिसनमा केन्द्रित भएको उनको भनाइ छ । ओली सबै कुराले असफल भएर सरकारबाट बाहिरिएको काँग्रेस प्रवक्ता महतको दाबी छ ।
यस्तै केपी ओलीको पालामा ऋण लिएर घ्यु खाने काम भएको उनको भनाइ छ । ‘ओली सरकारले बिगारेको अर्थतन्त्र वर्तमान सरकारले सुधारिरहेको छ । नेपाली काँग्रेसको सरकार आएपछि अन्तराष्ट्रिय विश्वासको वातावरण बनेको छ । देश ऋणमुक्त हुने बाटोमा छ ।’उनले भने ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...