नयाँ विकल्प,
काठमाडौं – मल निर्माणका लागि लिइएको ऋण नतिरेपछि कर्मचारी सञ्चयकोषले सुनधारास्थित सीटीसी मल लिलाममा बिक्री गर्ने भएको छ । सोमबार एक सूचना जारी गर्दै कोषले ३५ दिने सार्वजनिक लिलामीको सूचना जारी गरेको छ ।
सो मलमा ५० प्रतिशत सेयर भएका घरजग्गा व्यवसायी इच्छाराज तामाङ ठगीको आरोपमा हिरासतमा रहेका छन् । कुल ८२ हजार वर्ग फिट क्षेत्रफलमा निर्माण गरिएको उक्त मलमा १३२ ओटा सटरहरू रहेका छन् । सिभिल ग्रुपका अध्यक्ष समेत रहेका व्यवसायी तामाङको प्रधान सेयर रहेको उक्त मलको लिलामीका लागि कोषले गत पुसदेखि नै मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो ।
नयाँ विकल्प, काठमाडौं – काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितलाई ठूलो मतान्तरले...
नयाँ विकल्प,काठमाडौं – ३० वैशाखमा स्थगित भएको सात केन्द्रमा सोमबार मतदान भएको छ । सोमबार धनुकुटाको शहिदभूमि गाउँपालिका ६, सप्तरीको...
नयाँ विकल्प, चितवन – भरतपुर महानगरपालिकामा १६०३३ मतगणना हुँदा नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अ ग्रता कायम गरेकी छन् ।...