May 17, 2022, Tuesday

केपी ओलीले प्रस्तुत गरेका सम्पूर्ण विषय मिथ्या भएको कांग्रेसको ठहर

नयाँ विकल्प,

काठमाडौं – नेकपा एमालेले कांग्रेसको घोषणापत्रको खण्डन गरेको भोलिपल्ट नेपाली कांग्रेसले फेरि ओलीले अपिल प्रस्तुत गरेका विषय मिथ्या रहेको भन्दै खण्डन गरेको छ ।

कांग्रेसले सोमबार पत्रकार सम्मेलन गदैँ ओलीलाई लक्षित गदैै सत्तागठबन्धन निरन्तर रूपमा अघि बढ्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेसले ०७४ को स्थानीय चुनावबाट निर्वाचित आफ्ना पार्टीका जनप्रतिनिधिले उत्कृष्ट काम गरेको जिकीर गरे ।
गरिबीको दर पनि कांग्रेस सरकारको नेतृत्वमा हुँदा उल्लेखनीय घटेको उनले बताए ।
२०४८ सालमा सत्ताको बागडोर सम्हाल्दा नेपालमा गरिबी झण्डै ४९ प्रतिशत जनाउँदै त्यसलाई १७.५ प्रतिशत पु¥याएको कांग्रेस प्रदाबी पत्रकार सम्मेलन मार्फत बताए ।

‘१७.५ प्रतिशतमा झरेको गरिबीलाई २२ प्रतिशतमा कसले पु¥यायो ?’ एमालेप्रति आरोप लगाउँदै डा. महतले प्रश्न गरे । कोभिड संक्रमणको बेला तत्कालिन ओली सरकारले जनताको समस्या बेवास्ता गर्दा गरिबी बढेको कांग्रेसको ठहर छ । प्रजातन्त्र स्थापना पछिका ३२ बर्षमा नेपाली कांग्रेसले २७ बर्ष शासन गरेको ओलीको दाबीलाई कांग्रेसले खण्डन गरेको छ ।
एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा ऋणको अंश बढेको प्रवक्ता महतले बताए । ओली सरकारको समयमा छिमेकी मित्रराष्ट्रसंगको सम्बन्ध असन्तुलित बनाएको कांग्रेसको आरोप छ ।

सम्बन्धित समाचार

स्थापितलाई ठूलो मतान्तरले पछाडी पार्दै बालेन अगाडि
स्थापितलाई ठूलो मतान्तरले पछाडी पार्दै बालेन अगाडि
  • २०७९ बैशाख २६, २०: ३७: २९

नयाँ विकल्प, काठमाडौं – काठमाडौं महानगरपालिका स्वतन्त्र मेयर उम्मेदवार बालेन साहले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका केशव स्थापितलाई ठूलो मतान्तरले...

स्थगित भएको सात केन्द्रमा मतदानः निर्वाचन आयोग
स्थगित भएको सात केन्द्रमा मतदानः निर्वाचन आयोग
  • २०७९ बैशाख २६, २०: ३७: २९

नयाँ विकल्प,काठमाडौं – ३० वैशाखमा स्थगित भएको सात केन्द्रमा सोमबार मतदान भएको छ । सोमबार धनुकुटाको शहिदभूमि गाउँपालिका ६, सप्तरीको...

भरतपुर महानगरपालिकामा माओवादी उम्मेदवार दाहालको अग्रता कायम
भरतपुर महानगरपालिकामा माओवादी उम्मेदवार दाहालको अग्रता कायम
  • २०७९ बैशाख २६, २०: ३७: २९

नयाँ विकल्प, चितवन – भरतपुर महानगरपालिकामा १६०३३ मतगणना हुँदा नेकपा माओवादीकी उम्मेदवार रेनु दाहालले अ ग्रता कायम गरेकी छन् ।...