काठमाडौं । सरकारले भ्रष्टाचारमा शुन्य सहनसिलता कायम गर्ने, सुशासन कायम गर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याउने घोषणा गरे पनि सरकारलाई ठगेर हिँड्नेहरु दिन दुई गुणा र रात चौगुणा सम्पति कुम्ल्याइरहँदा पनि सरकार मुकदर्शक भएर भएको छ । सरकारलाई तिर्नुपर्ने रकम अर्थ मन्त्रालयदेखि भौतिक पूर्वाधार र पर्यटन मन्त्रलयले समेत नउठाएर आँखा चिम्लिँदा महालेखा नियन्त्रकले मुलुकको राजश्व खाने बिदेशी र स्वदेशी गरी एक सय १८ जनाबाट सरकारी राजश्वमा तर मारेर बसेका छन् ।
मन्त्रालय र विभागले आँखा चिम्लिँदा महालेखा नियन्त्रक कार्यालयले त्यस्ता राजश्वमाराबाट सरकारी वाँकी सो सरह नीजहरुको जायजेथा दाबी गरी लिलामी प्रक्रियाबाट उठाउन पनि पहल गरेको छ । महालेखाले त्यस्तो प्रयास गरेपनि कतिपय कालोबजारी गर्ने र रातरात सम्पती कमाएर अर्वपति हुनेहरु यतिवेला नेपाल छोडेर विदेश पलायत भइसकेको छन् । स्वदेशी मात्र होइन, बिदेशी नागरिकले बढी राजश्व छलेको पाइएको छ ।
महालेखा नियन्त्रकको कार्यालय मातहतको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालय बबरमहलका अनुसार होटल सोल्टीमा नेपाल रिक्रिएसन सेन्टर प्रा.लिको नाममा क्यासोनो संचालन गरेर अर्बौ कमाएका सेन्टरका प्रवन्ध संचालक राकेश बाध्वाले नेपाल सरकारलाई ६८ करोड १८ लाख ३८ हजार रुपैयाँ ठगेर भागेका छन् ।
त्यसैगरी, वाध्वाबाट नेपाल रिक्रिएसन सेन्टर खरिद गरेको हङकङ स्थायी घर भएका आरडी टटलले १ करोड ८४ लाख रुपैयाँ राजश्व तिर्न वाँकी छ । उनीपनि हाल फरार छन् । त्यस्तै, अन्नपूर्ण होटल परिसरमा क्यासिनो अन्ना संचालन गरेको अन्नपूर्ण इन्टरनेसनल प्रा.लिका महाप्रवन्धक तप्तबहादुर बिष्टले सरकारलाई १४ करोड ८४ लाख ९४ हजार रुपैयाँ सरकारलाई कर तिरेका छैनन् ।
उनी सरकारकै संरक्षणमा रहेपनि लुकीछिपी बस्दै आएका छन् । त्यस्तै इमिरेट्स एसोसिएट्स विजनेस ग्रुपले २ करोड ५८ लाख तिर्न वाँकी छ ।
युनाईटेड अरव इमिरेट्सको दुवइमा केन्द्रीय कार्यालय रहेको यो कम्पनीको संचालकको नाम समेत महालेखा नियन्त्रकको कार्यालयले पत्ता लगाउन सकेको छैन । त्यस्तै अमेरिकाको हस्टनस्थित स्मृतस्ट्टिमा कार्यालय रहेको टेक्साना रिर्सोर्स कम्पनीले १२ करोड ८० लाख रुपैयाँ राजश्व नतिरी भागेको छ ।
त्यस्तै, अमेरिकाको मिसन भ्याली हस्टनमा कार्यालय भएको नेपालको बीबीबी च्याम्पियन ओएल कम्पनीले १ करोड ४१ लाख रुपैयाँ राजश्व नतिरी भागेको छ । सरकारी राजश्व खाने अन्य ठेकेदार कम्पनीहरुमा लोकप्रिय निर्माण सेवाले १ करोड ६० लाख, यरुष कन्स्ट्क्सनले ८० लाख, लामा कन्स्ट्रक्सनले १ करोड तीन लाख, खम्बु कन्स्ट्क्सन ४ करोड ३० लाख रहेको छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...