एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु

हेटौंडा । एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मकवानपुरमा एम्बुलेन्सको ठक्करबाट एकजनाको मृत्यु भएको हो । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा एम्बुलेन्सले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मनहरी गाउँपालिका-९ को खराङमा हेटौंडाबाट मनहरी जाँदै गरेको ना २ च ४१६१ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

संखुवासभाबाट मनहरीस्थित छोरीको घर आएकी ५२ वर्षीया नमुना शेर्पालाई एम्बुलेन्सले ठक्कर दिएको थियो ।
ठक्कर दिने एम्बुलेन्स प्रहरी नियन्त्रणमा छ । शवलाई पोस्टमोर्टमको लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०७९ श्रावण २६, १२: २९

काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०७९ श्रावण २६, १२: २९

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०७९ श्रावण २६, १२: २९

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...