
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएर आफु र महेन्द्र राय यादवको अध्यक्षतामा नेकपा समाजवादी पार्टी (नेसपा) गठन गरेका डा. भट्टराईले नेकपा माओवादी केन्द्रका नेताहरुलाई भेटेर मोर्चा बनाएर आगामी चुनावमा एउटै चुनाव चिन्हबाट चुनाव लड्ने प्रस्ताव राखेका छन् ।
आज हात्तीवनस्थित एक घरमा भएको भेटवार्तामा उनीहरूबीच चुनावी मोर्चा बनाएर जाने लगायत विषयमा कुराकानी भएको हो । भेटमा भट्टराईले मोर्चाका विषयमा छलफल गरेका हुन् । ‘मोर्चा बनाउने र एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव माओवादी केन्द्रका अध्यक्ष र वरिष्ठ उपाध्यक्षसँगको भेटमा राखेका छौं,’ बाबुराम निकट स्रोतले बिकल्पलाई बताए ।
बाबुरामले समाजवादी पार्टी गठन गरेपछि दलका शीर्ष नेतालाई भेटवार्ता गरिरहेका छन् । उनले केही दिनअघि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवासँग पनि भेटवार्ता गरेका थिए ।
प्रचण्ड, नारायणकाजीसँग बाबुरामको भेट हुनु अगाडी खुमलटारमा बामदेव गौतम पनि प्रचण्ड भेटन पुगेका थिए । बामदेव, नेकपा माओवादी केन्द्र, माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्रको जसपा र बाबरामको पार्टीवीच मोर्चा बनाएर समाजवादी केन्द्र बनाउने प्रयास केही समय देखि जारी थियो ।
बाबुरामले आफूहरू सत्ता गठबन्धनमै रहन चाहेको र चुनावी गठबन्धन गरेरै जाने बताएका थिए । बाबुराम गोरखा २ बाट यसपालि पनि उम्मेदवार हुने तयारी गरिरहेका छन् । बुरामले समाजवादी केन्द्र बनाएर जानुपर्ने प्रस्तावसमेत राख्दै आएका छन् ।
काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...