एजेन्सी । बिहीबार ट्रक र भ्यान एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । पाकिस्तानको दक्षिणी प्रान्त सिन्धको खैरपुर जिल्लामा बिहीबार ट्रक र भ्यान एक आपसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै अन्य १० जना घाइते भएका छन् । मेहरान राष्ट्रिय राजमार्गमा दिउँसो ट्रकले भ्यानलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । दुर्घटनापछि उद्धार टोली घटनास्थलमा पुगेर घाइतेहरूलाई अस्पताल पुर्याएको जनाइएको छ ।
दुर्घटनाग्रस्त भ्यान सिन्धको राजधानी कराँचीबाट खैरपुर जाँदै गरेको बताइएको छ । पाकिस्तानमा खराब मर्मत गरिएका सवारी साधनहरू, जीर्ण सडकहरू र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण प्रायः सडक दुर्घटनाहरू हुने गरेको पाइन्छ ।
काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...