अस्पतालबाट कैदी फरार – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

अस्पतालबाट कैदी फरार

काठमाडौं । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट उपचार गर्न भर्ना भएका कैदी फरार भएका छन् । बुधबार राति विराटनगर महानगर १८ का ४५ वर्षीय लक्ष्मण दास फरार भएका हुन् ।

बैंकिङ कसुर मुद्दामा ६ महिना कैद सजाय पाएका दास शौचालय जाने भन्दै राति १० बजे फरार भएको अस्पतालले जनाएको छ । लेनदेन मुद्दामा अदालतले २०७६ साल वैशाख २९ गते ६ महिना कैदको फैसला सुनाएपछि उनलाई कारागारमा राखिएको थियो ।

कारागार चलानका लागि कोरोना जाँच गर्दा रिपोर्ट पोजेटिभ आएपछि कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उनको खोजी भइरहेको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०७९ श्रावण २६, १४: ५३

काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०७९ श्रावण २६, १४: ५३

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०७९ श्रावण २६, १४: ५३

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...