
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न बनेको ५ दलीय कार्यदलको बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा सिट बाँडफाँटका विभिन्न मोडालिटीबारे छलफल भइरहेको छ । आज दिउँसो २ बजेदेखि बालुवाटारमा कार्यदल बैठक जारी छ ।
कार्यदल सदस्यसमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदल बैठक जारी रहेको र विभिन्न मोडालिटीबारे छलफल भइरहेको बताए ।
‘चाँडोभन्दा चाँडो जिम्मेवारी पुरा गर्नेगरी कार्यदलमा छलफल भइरहेको छ । आजको बैठकमा विभिन्न मोडालिटीमा छलफल भएको छ । खुलस्त रुपमा छलफल भएको छ’, कार्कीको भने, ‘केही दिनभित्रमै कार्यदलले काम पूरा गर्छ ।’
काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...
काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...
काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...