पूर्व राष्ट्रपति राजापाक्षेलाई थाइल्याण्डमा शरण – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

पूर्व राष्ट्रपति राजापाक्षेलाई थाइल्याण्डमा शरण

देशमा आन्दोलन चर्किएसँगै भागेर माल्दिभ्स हुँदै सिङ्गापुर पुगेका श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्ड पुगेका छन् ।
सिंगापुरको भिसा अवधि सकिएपछि राजापाक्षे थाइल्याण्ड पुगेका हुन्।
पूर्व राष्ट्रपति यात्राको लागि श्रीलंका सरकारबाट अनुरोध प्राप्त भएको थाइल्याण्ड सरकारले जनाएको छ।

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चानओचा ले आफ्नो सरकारले राजापाक्षेलाई अस्थायी रुपमा बसोबासको अनुमति दिएको बताएका छन् ।

मानवीय आधारमा राजापाक्षेलाई शरण दिइएको थाइल्याण्डले जनाएको छ । प्रदर्शनकारीले राजापाक्षेको निवास कब्जा गर्ने संकेत पाए पछि गत जुलाई १३ मा भागेर माल्दिभ्स पुगेका थिए। त्यहाँबाट सिङ्गापुर पुगेर उनले राजीनामा दिए ।

राजापाक्षेको राजनीमापछि भएको चुनावमा रनिल विक्रम राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

सम्बन्धित समाचार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०७९ श्रावण २७, ०९: ४०

काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०७९ श्रावण २७, ०९: ४०

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०७९ श्रावण २७, ०९: ४०

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...