
काठमाडौं । सवारी चालक अनुमति पत्र लाइसेन्सका लागि आवेदन दिने र वर्ग थप गर्ने आवेदकहरुको चापलाई व्यवस्थापन गर्न भन्दै बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले आजदेखि आवेदन दिन सकिने संख्या बढाएको छ ।
ललितपुरको एकान्तकुना, काठमाडौंको ठूलो भर्याङ र चाबहिल, भक्तपुरको राधेराधे र मकवानपुरको हेटौंडा कार्यालयमा आज ४ः३० बजेदेखि लागु हुने गरी आवेदन संख्या बढाइएको मन्त्रालयले बताएको छ ।
बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले आवेदकहरुको चाप बढेकाले यसअघि लिने गरिएको दैनिक आवेदन संख्याको तुलनामा करिब १ हजार २ सयले वृद्धि गरिएको बताए ।
‘मन्त्रालयले जारी गरेको सूचनामा २७ र २८ गतेको आवेदन संख्यालाई हेर्दा घटेको जस्तो देखिए पनि पहिलेको तुलनामा बढाइएको संख्या हो,’ प्रवक्ता पोखरेलले बताए । सेवाग्राहीहरुले अनलाइन मार्फत् आवेदन दिन सक्नेछन् ।
अत्यधिक चापको कारण वा दैनिक कोटा सकिएको भए पनि अर्को मितिको लागि आवेदन दिन सकिने बताएका छन । विचौलियाहरुले अप्लाई गरी होल्ड गरेर तनाव दिएको हुनाले कोटा थपेर समय नै तोकेर यो सूचना निकाल्न लगाएको स्रोतले बतायो ।
‘वास्तविक आकांक्षीले अप्लाई गरुन् भन्ने उद्देश्य हो,’ स्रोतले भन्यो । हाल आवेदकबाट प्राप्त शुरु विवरणहरु संशोधन गर्न रोक लगाउने तयारी पनि गरिरहेको मन्त्रालयले जनाएको छ ।
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५एफ अन्तर्गत क्लस्टर २ द्वारा आयोजित एक दिवसीय ‘लिडरसिप ओरियन्टेसन एन्ड अनुअल प्लानिङ वर्कसप’ लायनहरुमा...