कामना सेवा विकास बैंकद्वारा एससीटी–युपीआई डेबिट कार्ड सेवा सुचारु – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

कामना सेवा विकास बैंकद्वारा एससीटी–युपीआई डेबिट कार्ड सेवा सुचारु


काठमाडौं । समय सापेक्ष ग्राहक महानुभावहरुको चाहना अनुसार नवीनतम प्रविधि मार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा प¥याउने उद्देश्यका साथ एससीटी–युपीआई डेबिट कार्ड (SCT-UPI Debit Card) सेवा शुभारम्भ गरेको छ ।

बैंकले यही पौस १ गते (शुक्रबार) बाट औपचारिक रुपमा एससीटी–युपीआई डेबिट कार्ड (SCT-UPI Debit Card) सेवा सुचारु गरेको हो ।

बैंकका नायव महाप्रबन्धक लाल बहादुर थिङ्गज्यू र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजुूले संयुक्त रुपमा एससीटी–युपीआई डेबिट कार्ड सेवाको अनावरण गरि सेवा शुभारम्भ गरेका थिए । कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत बिकाश ढुङ्गाना, उच्च पदस्थ कर्मचारीहरूका साथै संचारकर्मीहरूको उपस्थिती रहेको थियो ।

यस पश्चात स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र कामना सेवा विकास बैंक लिमिटेडबीच एससीटी–युपीआई डेबिट कार्ड प्रयोगको क्षेत्रमा सहकार्य भएको छ । बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई भुक्तानी कार्डको आधुनिक, सुरक्षित, गुणस्तरीय तथा भरपर्दो सुविधा प्रदान गर्न सहजता प्राप्त गर्ने छ ।

साथै, SCT सञ्जालको प्रयोगबाट ग्राहकले नेपाल तथा भारतभित्र ATM, PoSk जस्ता सेवा सजिलै लिन सक्ने सुविधा प्राप्त हुने बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
शुक्रबारसम्म ११ खर्ब १२ अर्ब राजश्व संकलन, पूँजीगत खर्च करिब ३५ प्रतिशत
  • २०७९ पुष ३, १५: २५

काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७९ पुष ३, १५: २५

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७९ पुष ३, १५: २५

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...