
काठमाडौं । सरकारका बिरुद्ध आगो ओकल्ने र वारम्बार बिरोध गर्ने सत्ता र प्रतिपक्षी दलका सांसदहरुलाई सरकारको सिफारिसमा संयुक्त राज्य अमेरिका घुम्ने गोल्डेन अफर दिएको छ । यसरी अमेरिकाको सयरको अवसर पाउने नेताहरुमा सत्तारुढ नेकपाका नेता सुरेन्द्रप्रसाद पाण्डे छन् । उनी अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडाका कट्टर विरोधी हुन ।
उनी अर्थमन्त्री खतिवडाको अर्थनीतिका कारण मुलुकको आर्थिक अवस्था कमजोर हुँदै गरेको बताउँदै आएका छन् । उनी माधवकुमार नेपाल पक्षधर नेता हुन् । यस्तै, सरकार बिरोधी नेताको रुपमा राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, सत्तारुढ समाजवादी पार्टीको नेता भएर पनि गुठी विधेयक, मानवअधिकार बिधेयकमा खरो बिरोध गर्दै आएका थिए ।
राज्य व्यवस्था समितिमा सरकारले ल्याएको नागरिकता बिधेयक लगायतका बिषयमा नेकपामा सांसद बिजय सुब्बाले र समावेसी आधारमा लोकसेवा आयोगले जनशक्ति नमागेको तथा दलित आयोग गठन नगरेको भन्दै नेकपाकै सांसद अञ्जना बिसंखेले खरो विरोध गर्दै आएका छन् ।
प्रधानमन्त्री र अन्य मन्त्रीलाई प्रश्नोत्तरमा र्याख र्याख्ती पार्ने कांग्रेस सांसद डा. मिनेन्द्र रिजाललाई पनि सरकारले अमेरिका सयरको सुविधा दिने भएको हो ।
नेपाल पोलिटिकल पार्टीज युएस स्टडी मिसनको लागि संयुक्त राज्य अमेरिका जान लागेका नेताहरुमा राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो, समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, नेकपाका सांसद विजय सुब्बा, सुरेन्द्र पाण्डे र अञ्जना विसंखे, कांग्रेसका सरिता प्रसाईँ, डा. मिनेन्द्र रिजाल लगायतका नेता पर्छन ।
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...
धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको...