राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने आठ दलको निर्णय – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper
दुई महिनामै भत्कियो एमाले र माओबादीको गठबन्धन

राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने आठ दलको निर्णय

काठमाडौँ । संसदमा प्रतिनिधित्व गर्ने आठ राजनीतिक दलबीच राष्ट्रपतिको चुनावमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ ६ बजे बसेको बैठकले कांग्रेसको सिफारिसमा पर्ने व्यक्तिलाई राष्ट्रपतिको साझा उम्मेदवार बनाउने र विजयी गराउने निर्णय गरेको कांग्रेस महामन्त्री गगन थापाले बताए ।

राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने अडान लिएका प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तापक्ष र विपक्षका आठ दलबाट कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने सहमति जुटाउन सफल भएका हुन् ।

आठ दलले सहमति दिएपछि प्रतिनिधिसभामा ठूलो दल कांग्रेस २ महिनापछि नै सत्तामा जाने भएको हो । कांग्रेस नेतृत्वको पाँच दलिय गठबन्धन तोडेर एमालेसँग माओबादी अध्यक्ष दाहालले गठबन्धन गरी पुस १० गते प्रधानमन्त्री भएका थिए ।

कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा जिताउन सत्तारुढ दलहरु माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी सहमत भएका छन् । त्यस्तै, विपक्षी दलहरु नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि नयाँ गठबन्धनमा साथ दिएका छन्।

दलहरुबीच उपराष्ट्रपतिमा भने जनता समाजबादी पार्टीका उम्मेदवारलाई समर्थन गर्ने सहमति भएको छ । कांग्रेसबाट राष्ट्रपतिमा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाले दाबी गरेका छन् भने जसपाबाट उपराष्ट्रपतिमा सांसद रामसहायप्रसाद यादवले दाबी गरेका छन् ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०७९ फाल्गुन १२, २०: ४४

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०७९ फाल्गुन १२, २०: ४४

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०७९ फाल्गुन १२, २०: ४४

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...