नेताले हात उठाएर मिल्यौं भन्दैमा पार्टी बलियो बन्दैनः शेखर – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

नेताले हात उठाएर मिल्यौं भन्दैमा पार्टी बलियो बन्दैनः शेखर

काठमाडौं । कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी नेताले मन्चबाट हात उठाएर मिल्यौं भन्दैमा पार्टी भित्रको समस्या समाधान र र गुटबन्दीको अन्त्य नहुने वताएका छन् । डा. कोइरालाले नेताहरुको कार्यशैलीमा परिबर्तन नआएसम्म पार्टी भित्रको तिक्तता नमेटिने पनि दाबी गरे ।

बिभिन्न निर्वाचनको टिकट बितरणमा पार्टीबाट गल्ती र कमजोरी भएको स्विकार गरेर अबका दिनमा कार्यकर्तामाथि कुनै पनि अन्याय हुन नदिने प्रतिबद्धता नेतृत्वले जनाउनु पर्ने बताएका छन् ।

नेता डा. कोइरालाले १४औं महाधिवेशन पछि पार्टी भित्रको गुटबन्दी र भागबण्डाको राजनितीको अन्त्य हुने भन्दै आफूले पार्टी नेतृत्वको लागि तयारी गरेको घुमाउरो पाराले सन्देश दिए ।
चीनको एक साता लामो भ्रमण गरेर फर्किएका डा. कोइरालालाई संस्थापनइत्तर पक्षका नेताहरुले भावि नेताको रुपमा प्रस्तुत गरेका छन् ।

नुवाकोटमा आयोजित जागरण अभियानको समापन कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य बहादुरसिंह लामा, नुवाकोट कांग्रेसका सभापती जगदिश्वर नरसिंह केसी र तरुण दलका महासचिव भुपेन्द्रजंङ् शाहले धारणा राखेका थिए । नेपाल तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले साधारण सदस्यवाट समेत हटाएका भुपेन्द्रजंग शाही भने तरुण दल महासचिवकै हैसियतले कार्यक्रममा भाग लिएका थिए ।

सम्बन्धित समाचार

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७६ आश्विन १३, ०७: १३

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७६ आश्विन १३, ०७: १३

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त
  • २०७६ आश्विन १३, ०७: १३

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...