निर्वाचन आचार संहिता उल्लंघन गरेको कांग्रेसको आरोप – Naya Bikalpa
April 18, 2026, Saturday      Epaper

निर्वाचन आचार संहिता उल्लंघन गरेको कांग्रेसको आरोप

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उप–निर्वाचन –२०७६, अनुगमन तथा निर्वाचन आयोग समन्वय समितिका संयोजक रमेश लेखकले सरकारबा आगामी मंसिर १४ गते हुने निर्वाचनमा आचार संहिताको गम्भिर उल्लंघन भएको आरोप लगाएका छन् ।

पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा बोल्दै लेखकले मुलुकका ३७ वटा जिल्लाका ५२ स्थान जस्तै प्रतिनिधि सभा सदस्य १, प्रदेश सभा सदस्य ३, उप–महानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, वडा अध्यक्ष ४३ मा उप–निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार बाधक भएको बताएका हुन् ।

उनले निर्वाचन ऐन, नियम र निर्वाचन आयोगद्वारा जारी गरिएको निर्वाचन आचारसंहिताको इमान्दारीपूर्वक पालना गर्नु सबै सरोकारवाला पक्षको दायित्व र कर्तव्य हुन जाने भन्दै कांग्रेसद्वारा पार्टीले आफ्नो संयोजकत्वमा केन्द्रीय सदस्य सीता गुरुङ्ग, नेपाल प्रेस यूनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसी, अधिवक्ता श्री तेज रावल सदस्य र पार्टीका सचिव अधिवक्ता केशव रिजाल सदस्य–सचिव रहेको उप–निर्वाचन –२०७६ अनुगमन तथा निर्वाचन आयोग समन्वय समितिले काम गरिरहेको बताए ।

लेखकका अनुसार उप–निर्वाचन हुने ३७ वटै जिल्लामा पनि पार्टीका जिल्ला कार्यसमितिका निर्वाचित सचिवको संयोजकत्वमा नेपाल प्रेस यूनियनका जिल्ला अध्यक्ष, प्रजातन्त्रवादी कानुन व्यवसायी संघ डिएलएका जिल्ला अध्यक्ष र १ महिला सहित जम्मा ५ जना रहने गरी अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति गठन गरिएको बताएका छन् ।

२०७६ मंसिर १४ गते सम्पन्न हुन गइरहेको उप–निर्वाचन स्वतन्त्र, निश्पक्ष, भयरहित र धाँधलीरहित वातावरणमा सम्पन्न होस भन्ने उद्देश्यका साथ निर्वाचन आयोगद्वारा २०७६ कार्तिक ८ गतेदेखि लागु हुने गरी निर्वाचन आचारसंहिता लागु गरेको छ । सरकार स्वयं सरकारको नेतृत्व गरेको राजनीतिक दल, सो दलबाट निर्वाचित जनप्रतिनिधिहरुबाट निर्वाचन आचार संहिताको ठाडो उल्लघंन भईरहेको लेखकले बताए ।

यस समितिको प्रतिनिधि मण्डलले गत कार्तिक २९ गते प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तहरुसंग भेटघाट गरी सरकार र सत्ता पक्षीय राजनीतिक दलका प्रतिनिधिहरुबाट भएका आचार संहिता उल्लघंनका घटना तत्काल रोक्न र भविष्यमा आचारसंहिताको कडाई साथ कार्यान्वयन गर्नका लागि लिखित ध्यानाकर्षण समेत गराएका थिए । निर्वाचन आयोगले मंसिर १ गते आचारसंहिताको पालना र कार्यान्वयनका सम्बन्धमा प्रेस विज्ञप्ति मार्फत सबै सरोकारवाला पक्षलाई निर्देश समेत गरेको थियो ।

यसका वावजुद पछिल्लो समयमा निरन्तर आचारसंहिता विपरित सत्ताको दुरुपयोग गरी उप–निर्वाचनलाई प्रभावित गर्ने काम भइरहेको र उप–निर्वाचन हुने स्थानहरुमा सरकार र सो सम्वद्ध पार्टीका सार्वजनिक पद धारणा गरेका व्यक्ति निर्वाचन प्रचार प्रसारमा लाग्ने, विभिन्न स्थानमा पूर्व कार्यक्रममा नभएका नयाँ योजना, कार्यक्रम दिने, त्यस्ता आश्वासन दिने, बजेट दिने, अवाञ्छित क्रियाकलाप गरी मतदातालाई प्रभावित पार्ने लगायतका क्रियाकलाप भएको कांग्रेसको दाबी छ ।

यस्ता कार्यहरुको हामी घोर भत्र्सना गर्दछौं र आचार संहिता विपरितका यस किसिमका गतिविधिहरु भविष्यमा नदोहो¥याउन कांग्रेसले सरकारलाई चेतावनी दिएको छ ।
कांग्रेसले आचारसंहिता विपरित निर्वाचनलाई प्रभावित गर्ने कार्यहरु नगर्न सम्बन्धित सबैलाई आग्रह गर्दै निर्वाचन आयोगलाई आचारसंहिता विपरित हुने गरेका क्रियाकलाप रोक्न तदारुकताका साथ कार्य गर्न ध्यानआकर्षण गर्दै निर्वाचन आयोगलाई ज्ञापन पत्र बुझाएको छ ।

सम्बन्धित समाचार

एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको निर्देशन
  • २०७६ मंसिर ९, १०: ५५

काठमाडौँ : गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई ‘एकद्वार सेवा प्रणाली’ लागू गर्नेसहित नौ बुँदे निर्देशन जारी गरेको छ ।...

देउवा पक्षले स्वीकार्‍यो सर्वोच्चको फैसला, पार्टी एकताबद्ध बनाउने जिम्मेवारी अब गगनको हातमा
देउवा पक्षले स्वीकार्‍यो सर्वोच्चको फैसला, पार्टी एकताबद्ध बनाउने जिम्मेवारी अब गगनको हातमा
  • २०७६ मंसिर ९, १०: ५५

काठमाडौं : नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि शेरबहादुर देउवा पक्षले अदालतको उक्त फैसलालाई...

लायन्स डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सनसँगै नेतृत्वमा खनाल, सापकोटा र श्रेष्ठको टिमलाई डिजि पिडिजिहरुको समर्थन
लायन्स डिष्ट्रिक्ट ३२५ एफको चौथो कन्भेन्सनसँगै नेतृत्वमा खनाल, सापकोटा र श्रेष्ठको टिमलाई डिजि पिडिजिहरुको समर्थन
  • २०७६ मंसिर ९, १०: ५५

काठमाडौं : लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफको आगामी चैाथो कन्भेनसन र लायन वर्ष २०२६ /०२७ को नेतृत्व चयनका लागि लायन्स...