
काठमाडौ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको तेश्रो महाधिवेशनबाट आएको केन्द्रीय समितिको कार्यकाल मंसिर पहिलो साताबाट समाप्त भएसँगै स्वत ः भङ्ग भएको छ ।
तीन वर्ष अघि २७–३० कात्तिक २०७३ मा पोखरामा भएको तरुण दलको तेश्रो महाधिवेशनले ललितपुरका जीतजंग बस्नेतको नेतृत्वमा चार सदस्यीय केन्द्रीय समिति चयन भएको थियो ।
निर्धारित मितिमा महाधिवेशन नसकिएपछि २ मंसिर २०७३ मा बस्नेतको नेतृत्वमा तरुण दल केन्द्रीय समिति घोषणा गरिएको थियो । तरुण दलको विधानले संगठनको कार्यकाल तीन वर्ष हुने व्यवस्था गरेको छ भने मातृ पार्टी नेपाली कांग्रेसको विधानले कार्यकाल समाप्त भएका भ्रातृ संस्थाले निर्धारित समयमा महाधिवेशन गर्न नसके स्वत भङ्ग हुने व्यवस्था गरेको छ ।
तरुण दलको तीन वर्षे कार्यकालमा ९५ सदस्यीय केन्द्रीय कार्यसमिति हुनु पर्नेमा ९१ जना पदाधिकारी र सदस्यको चयन नगरी बस्नेत नेतृत्वको तरुण दलको कार्यकाल समाप्त भएको हो । चार सदस्यीय तरुण दल केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा उत्तम चापागाईं, महासचिवमा भुपेन्द्रजंग शाही र कोषाध्यक्षमा विद्वान गुरुङ थिए ।
गत भदौमा पार्टीले संचालन गरेको राष्ट्रिय जागरण अभियानको कार्यक्रमलाई लिएर असन्तुष्टी व्यक्त गरेका महामसचिव भुपेन्द्रजंग शाही कारबाहीमा परेका थिए । तरुण दल अध्यक्ष बस्नेतद्वारा शाहीलाई संगठनको साधारण सदस्यबाट हटाएको एक घण्टा पनि नवित्दै शाहीले पनि अध्यक्ष बस्नेतलाई कारबाही गरेको जानकारी समाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
तरुण दलका महासचिव शाहीले आफ्नो कार्यकालमा भ्रस्टाचारबिरुद्ध भ्रष्टाचार मुक्त नेपाल, १० हजार युबालाइ स्वरोजगार बनाउन उधमशीलता, एक घर एक तरुण अभियान प्रस्ताव गरेर पनि संचालन हुन नसकेकोको जनाएका छन् । तीन वर्षअघि ३ भदौ २०७३ सालमा भएको नेविसंघको ११ औं महाधिवेशनबाट निर्वाचन नैनसिंह महरले २८ माघ २०७५ मा राजिनामा दिए पनि कांग्रेसको भ्रातृ संस्था नेविसंघ पनि नेतृत्वविहिन छ ।
पार्टीका दुई प्रभावशाली संगठन नेपाल विद्यार्थी संघ र तरुण दल गठन गर्न नसक्दा नेतृत्वको सर्बत्र आलोचना र टिप्पणी हुन थालेको छ । नेपाल महिला संघको महाधिवेशन भएको तीन वर्ष भए पनि केन्द्रीय समितिको कार्यकाल वाँकी रहेको छ । आदिवासी÷जनजाति संघ, प्रजातन्त्र सेनानी संघ, किसान संघ लगायतका कांग्रेसका भ्रातृ संस्थाको महाधिवेशन नभएको १३ वर्षभन्दा बढी भइसकेको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...