उपनिर्वाचन परिणाम आउँदै गर्दा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

उपनिर्वाचन परिणाम आउँदै गर्दा

१६ प्रतिशतले ८४ प्रतिशतको प्रतिनिधित्व कसरी गर्छ ?

काठमाडौं । शनिबार सम्पन्न उपनिर्वाचनको मत परिणाम आउन थालेको छ । शनिबार देशमा ५२ पदका लागि शनिबार भएको मतदानले प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फ ४३ र स्थानीय तहका लागि २७३ उम्मेदवारमध्ये कतिपय वडाध्यक्षको मत परिणाम आएको छ ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचन भएको थियो । त्यसका लागि शनिबार बिहान ७ बजेदेखि शरु भएको मतदान साँझ ५ बजेसम्म भएको थियो । ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार थियो ।

कास्की–२ मा प्रतिनिधिसभा सदस्य, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन भएको थियो । पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि मतदान भएको थियो । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका र ४३ वडाध्यक्ष पदका उम्मेदवारको फैसला हुन थालेको छ ।

कास्की २ मा प्रतिनिधि सभाका लागि भएको उपनिर्वाचन छुट्पुट् घटनाबाहेक शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । निर्वाचनमा ६३ दशमलब ४१ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका अधिकृत महेन्द्र सुवेदीले जानकारी दिए । कास्की २ मा कुल ७१ हजार ८ सय ७१ मतदाता मध्ये ४५ हजार ५ सय ७९ मत खसेको छ ।

मतदानका लागि कास्की २ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्रहरु तोकिएको थियो । मत गणना गर्ने स्थान जिल्ला समन्वय समितिको हलमा सिसि क्यामेरा र तार जाली लगाइएको छ । कास्की २ मा नेपाल कम्युनिस्ट पाटी (नेकपा) का तर्फबाट विद्या भट्टराई, काँग्रेसका तर्फबाट खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, राप्रपाबाट रोमबहादुर भण्डारी उमेदवार बनेका थिए ।

त्यहाँ देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, नेपाली काँग्रेस (विपी) बाट चन्द्र बहादुर रानाभाट, मंगोल नेशनल अर्गनाइजेसनबाट रियाज गुरुङ, नेपाल कम्युनिष्ट पार्टी मालेबाट टेकनाथ भण्डारी, राष्ट्रिय जनमुिक्त पार्टीबाट पूर्ण बहादुर राना, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट गंगा मल्ल उम्मेदवार थिए । स्वतन्त्रमा उमनाथ गौतम, कमल जङ्ग कुँवर, जमुना शर्मा, दिपक रेग्मी, नबराज बास्तोला, यज्ञ प्रसाद पंगेनी, रनबहादुर दमै, लक्ष्मी कुमारी भुजेल, सुनिल बहादुर कोइराला र सुनिल भुसाल उमेद्ववार छन् ।

पोखरा महानगरपालिकाका ११ वटा वडाहरु ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ कास्की २ पर्छ । कास्कीमा २१ जना उम्मेदवार चुनावी मैदानमा थिए । त्यसमा ११ जना दलीय र १० जना स्वतन्त्र छन् ।

बागलुङ २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा प्रदेशसभा सदस्य र बडिगाड गाउँपालिका–२ खर्वाङ्गमा वडाध्यक्षको लागि उपनिर्वाचन भएको छ । उपनिर्वाचनमा ६३ प्रतिशत मत खसेको जिल्ला निर्र्वाचन अधिकृत विकासचन्द्र पौडेलले जानकारी दिएका छन् । उपनिर्वाचनका लागि २५ मतदान स्थलमा ४५ वटा मतदान केन्द्रहरु तोकिएको थियो ।

ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका समेटेको क्षेत्र नम्बर–२ (ख) मा ३५ हजार एक सय ८४ र बडिगाड गाउँपालिका–२ मा एक हजार सात सय ४२ मतदाता थिए ।

मतदान कार्यक्रम सकिए लगत्तै सम्बन्धित मतदानस्थलबाट प्रदेशसभाको मतपेटिका सुरक्षा निकायको रोहबरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला सदरमुकाम स्थित जिल्ला समन्वय समितिको भवनमा राखिएको थियो ।

प्रदेशसभाको लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारी चुनावी मैदानमा थिए ।

यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले उम्मेदवारी दिएका थिए ।

निर्वाचन प्रक्रिया अनुसार उम्मेदवारी फिर्ता नलिए पनि शेरमान घर्तीले बामगठबन्धनलाई सघाएका थिए । बडिगाड–२ मा भएको वडाध्यक्ष निर्वाचनमा एक हजार ७ सय ४२ मतदाता मध्ये एक हजार १ सय ३४ मत खसेको छ । वडाध्यक्षको मतगणता शनिबार राती ८ बजेदेखि बडिगाड गाउँपालिकाको सभाहलमा भएको थियो ।

त्यसैगरी, दाङ निर्वाचन क्षेत्र नं ३ (ख) मा शनिबार भएको प्रदेश सभाको उपनिर्वाचनमा ६५प्रतिशत मत खसेको मुख्य निर्वाचनको कार्यालय दाङले जनाएको छ । ६८ हजार ७ सय १९ मतदाता संख्या रहेको सो क्षेत्रमा ४५ हजार ७ सय १८ मत खसेको मुख्य निर्वाचन अधिकृत रेतेन्द्र थापाले जानकारी दिए । तीन गाउँपालिकासहित उपमहानगरको चारवटा वडा रहेको सो क्षेत्रमा ७७ वटा मतदान केन्द्र तोकिएको थियो ।

घोराही उपमहागनरपालिका–१६ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७२ प्रतिशत मत खसेको छ । ४ हजार ४ सय ५३ मतमध्ये ३ हजार ३ सय २६ मत खसेको निर्वाचन कार्यालयले जानकारी दिएको थियो । त्यहाँ ५ वटा मतदान केन्द्र तोकिएको थियो । मतदान सम्पन्न भएपछि मतपेटिका घोराहीमा रहेको जिल्ला समन्वय समितिको हलमा राखिएको छ ।

दाङको सबैभन्दा विकट र टाढा मानिएको गंगटे र मलैखोलाबाट समेत मतपेटिका ल्याउनुपर्ने भएकाले प्रदेशसभा सदस्यको मतगणना आइतबारदेखि मात्र शुरु भएको थियो । वडाको मतगणना भने शनिबारबाटै सुरु भएको थियो । प्रदेश सभा सदस्य उत्तरकुमार वलीको गएको फागुन १० गते सवारी दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको स्थानमा उपनिर्वाचन भएको हो ।

सो क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्वर्गीय उत्तरकुमार वलीकी पत्नी विमला वली र कांग्रेसले केशव आचार्यलाई उम्मेदवार बनाएको छ । दुई स्वतन्त्र सहित १४ जनाले प्रदेश सभामा उम्मेदवारी दिएका थिए ।

यसैगरी, नेकपा, कांग्रेस र समाजवादी पार्टीले आफनो प्रतिष्ठाको लडाईका रुपमा लिएको गढीमाई नगरपालिका वडा नं २ मा ८५ प्रतिशत मत खसेको छ । १ हजार ८ सय २२ मतदाता रहेको सो वडामा १ हजार ५ सय ४९ मत खसेको जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकारी छोटेलाल दासले जानकारी दिएका छन् ।

दुईवटा मतदान स्थल र तीनवटा मतदान केन्द्र रहेको सो वडामा त्रिपक्षिय भिडन्त रहेको छ । २०७४ असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा सो वडाबाट विजयी भएका राजपाका जोगी दासको गत २०७५ वैशाख ७ गते मृत्यु भएपछि उपनिर्वाचन भएको हो । मृतक दासका छोरा दिनेश दासले अहिले समाजवादीको तर्फबाट वडाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

सो वडाको जितलाई प्रतिष्ठाको लडाईका रुपमा लिएर नेकपा, कांग्रेस र समाजवादी पार्टीले व्यापक प्रचारप्रसार गरेका थिए । दिनेश दासको पक्षमा भोट माग्नका लागि समाजवादी पार्टीका परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आफै रौतहट आएका थिए ।

त्यति मात्रै नभएर प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत समेत आएर दासका लागि भोट मागेका थिए । प्रदेश नं २ का विकाश समिति सभापति फुलबाबु, कृषि राज्यमन्त्री योगेन्द्र यादवलगायतका नेताहरु पनि सो वडामा सक्रिय भएर लागी परेका थिए ।

त्यहाँ नेकपाले जवार मियाँलाई जिताउनका लागि नेकपाका प्रदेश नं २ अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साह पनि भोट माग्न पुगेका थिए । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका दिपेन्द्र श्रेष्ठलाई जिताउन रौतहट क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिना सक्रिय भएर लागेका थिए । उनले हरेक मतदाताको घरमै पुगेर आफ्ना उम्मेदवार श्रेष्ठलाई भोट दिन आग्रह गरेका थिए । १ हजार ८ सय मतदाता रहेको उक्त वडामा ६ दलका र ४ जना स्वत्रन्त्र गरी १० जनाले उम्मेदवारी दिएका छन् ।

यसैवीच, संखुवासभाको मकालु गाउँपालिका र खाँदबारी नगरपालीका वडा नं–३ को उपनिर्वाचनमा मतदान शान्तीपुर्ण रुपमा सम्पन्न भएको छ । जिल्लाको मकालु गाउँपालिकामा ६४ प्रतिशत मत खसेको छ भने खाँदबारी–३ मा ६९ प्रतिशत मतदान भएको मुख्य निर्वाचन कार्यालय संखुवासभाले जनाएको छ ।

जिल्लाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ९ हजार १ मतदाता रहेकामा ५ हजार ७ सय ७४ जनाले मतदान गरेका छन् । त्यसैगरी, खाँदबारी नगरपालीका–३ मा १ हजार ८ सय २२ मतदाता रहेकामा १ हजार २ सय ७१ जनाले मतदान गरेका छन् । त्यसैले गर्दा रोल्पाको थवाङ– वडा नं. १मा १२२८ मतमध्ये २०९ मत मात्र खसेको हुँदा गम्भीर प्रश्नचिन्ह खडा भएको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७६ मंसिर १६, ०७: ११

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७६ मंसिर १६, ०७: ११

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७६ मंसिर १६, ०७: ११

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...