
काठमाडौं । चितवनका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लको दादागिरीबाट प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल समेत आजित बनेका छन् । मल्लको व्यवहारले प्रहरी संगठन मात्र होइन, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत बद्नाम हुन थालेको छ । टेलिभिजन प्रस्तोता रवी लामिछानेलाई प्रक्राउ गरेर बिबादमा तानिएका मल्लले नेकपाका अध्यक्ष दाहालकै आड भरोसा र संरक्षणमा संगठनको महानिरिक्षकलाई समेत चुनौति दिएको प्रहरी सुत्रले बताएको छ ।
संगठनलाई अराजक बनाउने दुष्प्रयास समेत गरेको भन्दै आईजीपी खनाल रोइलो गर्न थालेका छन् । किनकी चितवन प्रमुखबाट निजलाई सरुवा गरिरहँदा उनी हालसम्म सरुवा गरिएको ठाउँमा नआई अटेर गरी चितवनमै बसिरहेका छन् । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको सहमतिमा उनको सरुवा महानगरिय प्रहरी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल गौचरणमा भएको थियो ।
तर, चितवनमा सत्तारुढ दलका अध्यक्ष दाहालको आड भरोसामा जथाभावी निर्णय गर्दै बिबादमा मुछिएका मल्लले प्रहरी प्रधान कार्यालयको निर्देशनलाई उल्लंघन मात्र गरेनन् कि प्रहरी महानिरिक्षकलाई समेत नटेर्ने धवाँस दिए । प्रहरी प्रधान कार्यालयको आदेशमा जव ३ नम्वर प्रदेश प्रहरी प्रमुखको कार्यालयबाट १२ घण्टा भित्र चितवनबाट रमाना लिनु भन्ने आदेश आयो, अनि मल्ल तर्सिएका थिए । उनको फेस सेभिङको लागि सरुवा भइ चितवन जाने एसपी गंगा पन्तलाई भने चितवन नलगिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनमा एसपी गंगा पन्तको सरुवालाई रद्ध गरी प्रहरी प्रधान कार्यालयले एसपी नवराज अधिकारी वा कृष्ण पंगेनीमध्ये एकलाई पठाउने सहमतिपछि मल्लले चितवन छाड्ने भएका हुन् । प्रहरी अधिकृतभन्दा आफूलाई प्रचण्डको पीएको भूमिका र पहिचान देखाउन खोज्ने मल्ल प्रचण्डको झण्डै १० वर्ष पीएसओ भएका थिए । पुस ४ गते २४ एसपी सरुवा हुँदा दानबहादुरको स्थानमा गंगा पन्तलाई पठाएर उनलाइ विमानस्थलमा खटाइएको थियो ।
प्रचण्डकै गृहजिल्ला चितवन पठाइएकी गंगा पन्त सामाजिक सञ्जालमा उनीविरुद्ध लेखेको भन्दै विवादमा आएकी थिइन् । २०७३ सालमा प्रहरी महानिरिक्षक जयबहादुर चन्दलाई बनाउने कि नवराज सिल्वाललाई बनाउने भन्ने विषयमा प्रहरी अधिकृतहरुबीच नै छेडखानी र पक्ष विपक्षमा वकालत गर्ने अभियान संचालन भएको थियो ।
त्यसै घटनामा प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डले नवराज सिल्वालको ठाउँमा सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सल्लाहमा जय बहादुर चन्दलाई आइजीपी बनाउन मञ्जुर भएको भन्ने विषयमा एक व्यक्तिले राखेको स्टाटसमाथि उनले कमेन्ट गदै रिप लखेको पोष्ट स्क्रिन सर्ट गरी फेसवुकमै सार्वजनिक भएको थियो । पन्तले पक्ष लिएका सिलवाल भने अहिले सत्तारुढ नेकपाको तर्फबाट सांसद भएका छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...