प्रधानमन्त्री बन्न नपाएपछि बामदेवले सांसद् पद त्यागे – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

प्रधानमन्त्री बन्न नपाएपछि बामदेवले सांसद् पद त्यागे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पार्टीमा उपाध्यक्षको लागि प्रस्ताव गरिएका नेता बामदेव गौतमले राष्ट्रिय सभाको सांसद बन्ने अवसरलाई समेत अस्वीकार गरेका छन् । गौतमले सांसद बन्ने यस्तो अवसर किन लिन चाहेनन् भनेर धेरैलाई खुल्दुली लाग्न सक्छ । आफ्नो अघि आएको यस्तो अवसर उनले गुमाउनुको पछि उनी सादगी र त्यागी स्वभावको नेता भएर होइन ।

उनले राष्ट्रिय सभा सदस्य जस्तो पद लिन अश्विकार गर्नुको मूल कारण संविधान संशोधन नभएर हो । उनले संविधान संशोधन गरी प्रधानमन्त्री हुन राष्ट्रिय सभाका सदस्यले पनि पाउने प्रावधान खुल्ला गर्न पार्टीका शीर्ष नेता समक्ष राखेका थिए । तर, प्रधानमन्त्री तथा नेकपाका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तयार नभएपछि गौतमले दुवै अध्यक्षबाट राष्ट्रियको सांसद बन्न गरेको आग्रहलाई अश्विकार गरेका हुन् ।

नेपालको संविधान अनुसार प्रधानमन्त्री प्रतिनिधिसभाको सदस्य मात्र हुन पाउने व्यवस्था छ । प्रतिनिधिसभामा मात्र आर्थिक बजेट पेश गर्ने अर्थमन्त्री राष्ट्रिय सभाको सदस्य बन्न पाउँछन् । प्रतिनिधिसभा सदस्यको २०७४ सालमा भएको निर्वाचनमा तत्कालिन नेकपाका ९० प्रतिशत बढी उम्मेदवार निर्वाचित हुँदा गौतम भने पराजित भएका थिए ।

मन्त्री, गृहमन्त्री, उपप्रधानमन्त्री भइसकेका गौतमले अव प्रधानमन्त्री पाए मात्र खाने भन्दै राष्ट्रिय सभा सदस्यको पद लिन अश्विकार गरेका हुन् । उनले यो पद अश्विकार गर्नुको अर्को कारण हो, उनलाई त्यहाँ सांसद बनाएर ६ वर्षसम्म प्रधानमन्त्रीको सपना देख्न नपाउन भन्ने उदेश्य अध्यक्षद्धयको थियो । तर, वाठा गौतमले ६ वर्षपछि आफू नै ७६ वर्षको हुने भन्दै तीन वर्षपछि हुने प्रतिनिधिसभाको निर्वाचनबाट सांसद भइ प्रधानमन्त्री बन्ने सपना देखेर नै राष्ट्रिय सभा सदस्यको चाहना नगरेका हुन् ।

यसअघि प्रतिनिधिसभाको सदस्य बन्न बारम्बार लविङ गर्दै आएका गौतम बर्दिया–१ बाट प्रतिनिधि सभाको निर्वाचन नेपाली कांग्रेसका सञ्जय गौतमसँग हारेका थिए । कांग्रेसका सञ्जय गौतमले ४४ हजार ८ सय २९ मत ल्याउँदा वामदेव गौतमले ४४ हजार ७६ मत मात्र ल्याएका थिए । पराजित भए पछि सांसद हुने रहर नरेका गौतमले उपनिर्वाचन लडेर भएपनि सांसद हुने इच्छा व्यक्त गरेका थिए ।

डोल्पाबाट निर्वाचन लड्न सांसद धनबहादुर बुढालाई राजीनामा दिन तयार पारेका थिए । तर, उनको त्यो योजना प्रधानमन्त्री तथा अध्यक्ष ओलीले असफल बनाइ दिएका थिए । उनले वाँके र दैलेखका सांसदलाई राजिनामा गराउन दबाब पनि श्रृजना गरे । केही सिप नलागेपछि काठमाडौं क्षेत्र–७ बाट प्रतिनिधि सभाका सदस्य रामविर मानन्धरले राजीनामा दिने घोषणा समेत गरे ।

उनले गौतमलाई उपनिर्वाचनबाट सांसद बनाउन राजीनामा दिन तयार भएको भन्दै २०७५ साल असोजमा सार्वजनिक घोषणा समेत गरेका थिए । गौतम त्यो समयमा निर्वाचन गराएर जितेमा प्रधानमन्त्री हुने योजना बनाएका थिए । उनको यो योजनामा अर्का अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलले साथ दिए पनि ओलीले योजना असफल बनाएका हुन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७६ पुष २१, ०७: २५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७६ पुष २१, ०७: २५

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७६ पुष २१, ०७: २५

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...