इजरायलमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक घोषणाः मृतक परिवारलाई १०/१० लाख दिने – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

इजरायलमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक घोषणाः मृतक परिवारलाई १०/१० लाख दिने

काठमाडौं । इजरायल आक्रमणमा परी निधन भएका नेपाली नागरिकहरुको सम्मानमा सरकारले भोलि राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आजको मन्त्रीपरिषद विशेष बैठकले मृतकका परिवारलाई राहत स्वरुप प्रतिव्यक्ति तत्काल १०÷१० लाख रुपैयाँ दिने घोषणा गरेको छ ।

यसैगरी बैठकले हमासको आक्रमणमा मृत्यु भएका नेपाली नागरिकको शव यथाशक्य नेपाल ल्याउने तयारीसमेत गरेको जनाएको छ । आतंकवादी आक्रमणमा परी १० जना नेपाली युवाहरुको निधन भएको जानकारी दिदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले गहिरो दुःख व्यक्त गरेको छ ।

दिवंगतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बैठकले परिवारजनमा समवेदना प्रकट गरेको छ । फसेका नेपालीहरुलाई यथाशक्य नेपाल ल्याउन नेपाल सरकार र इजरायल सरकारवीच कूटनीतिक पहल भइरहेको नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यसका लागि नेपाल एयर लाइन्स र हिमालय एयर लाइन्सका जहाजहरु तयारी आवस्थामा राखिएको परराष्ट्रमन्त्री एनपी साउदले बताए । नेपालीको उद्धार गर्न सरकारको तर्फवाट कुनै कसर बाँकी नराखिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्ड र आफूले फसेका युवाहरुसँग प्रत्यक्ष कुरा गरेर वस्तुस्थितिवारे जानकारी लिएको मन्त्री साउदले जानकारी दिए ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८० आश्विन २२, २०: ३३

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० आश्विन २२, २०: ३३

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० आश्विन २२, २०: ३३

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...