काठमाडौं । नेपालको सङ्घीय शासन व्यवस्थासहित समृद्धिका पक्षमा गरिरहेको सहयोगलाई निरन्तरता दिइने नेपालका लागि युरोपियन युनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले बताएकी छिन् ।
राजदूत लोरेन्जोले आज काठमाडौँमा संचारकर्मीसँग कुरा गर्दै नेपालको समृद्धिमा सहयोग जारी राख्ने बताएकी हुन् ।
गुणस्तरीय शिक्षा, क्षमतामूलक समाज निर्माण, जलवायु परिवर्तन, दिगो विकास, ऊर्जाका क्षेत्रमा भएको विस्तार एवं प्रवद्र्धन, मानव अधिकार संरक्षणलगायत क्षेत्रमा गरिदै आएको सहयोगलाई निरन्तरता दिने राजदूत लोरेन्जोले प्रतिबद्धता व्यक्त गरिन् ।
विकास साझेदारका हैसियतले पाँच वर्षीय योजनाअन्तर्गत सन् २०२६ सम्मका लागि नेपाललाई तीन खर्ब युरो सहयोग गर्नेगरी ईयुको कार्यक्रम सार्वजनिक भएको भन्दै उनले लक्षित उपलब्धि हासिल गर्न सबैको तर्फबाट आवश्यक सहयोग हुने विश्वास व्यक्त गरिन् ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...