विद्यार्थीहरूका लागि सबैभन्दा ठुलो प्राविधिक कार्यक्रम हुदै – Naya Bikalpa
June 24, 2026, Wednesday      Epaper

विद्यार्थीहरूका लागि सबैभन्दा ठुलो प्राविधिक कार्यक्रम हुदै

काठमाडौं । विद्यार्थीहरूका लागि सबैभन्दा ठुलो प्राविधिक कार्यक्रम आयोजना हुने भएको छ । कक्षा ४ देखि १२ सम्मका विद्यार्थीका लागि निमा एकेडेमीले ठुलो प्राविधिक कार्यक्रम आयोजना गर्न लागेको हो । विधार्थीको बीचमा रचनात्मकता, नवीनता र उद्यमशीलताको सिपलाई अभिवृद्धि गर्ने महत्त्वपूर्ण कदम अन्तर्गत प्रतियोगिता आयोजना गर्न लागेको एकेडेमीले जनाएको छ ।

प्रतियोगितामा रोबोटिक्स, कोडिङ र एआई च्याम्पियनसिप नेपालमा पहिलो पटक सुरुवात गर्न लागेको हो । यो प्रतियोगिता स्टेमपेडिया लगायत मोटवानी जडगेजा फाउन्डेसन, आर्टपपार्क, एआई र रोबोटिक्स टेक्नोलोजी पार्क तथा नीति आयोग द्वारा आयोजित संयुक्त राष्ट्रसङ्घीय दिगो विकास लक्ष्य (एसडीजीएस)सँग आवद्ध वार्षिक कार्यक्रम रहेको निमा एकेडेमीले जनाएको छ ।

दिगो भविष्यतर्फ विद्यार्थीको क्षमता उपयोगमा स्टेमपेडियाको विश्वव्यापी प्रभावलाई मान्यता दिँदै यस च्याम्पियनसिपको आयोजना गर्न लागेको हो । नेपालमै पहिलो पटक हुनलागेको अन्तर्राष्ट्रिय रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता एक ऐतिहासिक कोसेढुङ्गा हुने एकेडेमीका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधानले बताए ।

देशभरका १०० विद्यालयका करिब दुई हजार विद्यार्थीहरू सहभागी हुने अपेक्षा गरिएको कार्यक्रमका लागि ६ अक्टोबर २०२३ देखि ३० नोभेम्बर २०२३ सम्म सहभागी हुन आवेदन फाराम खुला गरिएकाे छ । राष्ट्रिय रूपमा चयन गरिएका कुल सहभागीहरुमध्ये ५० जना सहभागीहरूले निमा एकेडेमीमार्फत उद्योग विशेषज्ञहरूद्वारा परामर्श तथा मार्गदर्शन प्राप्त गर्ने बताइएको छ ।

जनवरी र फेब्रुअरी २०२३ को बिचमा आयोजना हुने तय गरिएको क्षेत्रीय प्रतिस्पर्धा समारोहमा उनीहरूलाइ सम्मान गरिने छ भने कुल ५० टिमहरूमध्ये शीर्ष १० टिमहरूलाई २०२४ अप्रिलमा दुबईमा हुने ग्रान्ड फिनालेको लागि छनोट गरिने जनाएकाे छ ।

सम्बन्धित समाचार

गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
गैरकानुनी रूपमा बसेका २४ बंगलादेशी नागरिक पक्राउ
  • २०८० आश्विन २३, ०९: ३०

काठमाडौं : नेपाल प्रहरीले गैरकानुनी रुपमा नेपालमा बसेका २४ बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भुबाट खटिएको टोलीले...

सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
सँघीयता सुदृढीकरणसँगै समृद्ध वागमति प्रदेश वनाउन मुख्यमन्त्री वानियाको नेतृत्वको सरकारले ल्यायो दुरदर्शी वजेट 
  • २०८० आश्विन २३, ०९: ३०

संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...

रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
रास्वपाको महाधिवेशन लम्बिएपछि प्रतिनिधिसभाको बैठक सर्‍यो
  • २०८० आश्विन २३, ०९: ३०

काठमाडौं : प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ । संघीय...