एजेन्सी । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण स्थगित भएको छ ।
प्यालेस्टाइन विद्रोही समूह हमासले इजरायलमा गरेको आतंककारी हमलाबाट विकसित घटनाक्रमका कारण पश्चिम एसियामा बढ्दो तनावको स्थितिलाई मध्यनजर राख्दै उनको भ्रमण स्थगित भएको जनाइएको छ ।
शनिबारदेखि सोमबारसम्म हुने तय भएको भ्रमण स्थगित भएको राष्ट्र संघले परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको छ। उनको भ्रमण अर्को महिनामा हुन सक्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् ।
महासचिव गुटेरेसको भ्रमण स्थगित भएको जानकारी दिदै उनले भनिन्, ‘पश्चिम एसियामा विकसित घटनाक्रमका कारण अहिले भ्रमण हुन नसक्ने जानकारी आएको छ। हामी अर्को मितिका लागि गृहकार्य गर्दै छौँ। आवश्यक समयमा जानकारी दिन्छौँ।’
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...