काठमाडौं । हमासको आक्रमणपरि इजरायलमा अलपत्र परेका नेपालीहरुलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आज इजरायल जादै छन् ।
आजको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री साउद नेतृत्वको टोलीलाई इजरायल पठाउने निर्णय गरेको हो ।
सोही निर्णय अनुसार आज राति ११ बजे नेपाल एयरको विमान लिएर साउद आफै जादैं छन् ।
विमान भाडा सरकारले बेहोर्ने निर्णय गरेको बैठकपछि कानुन न्याय तथा संसदीय मन्त्री धनराज गुरुङ्गले जानकारी दिए ।
अहिलेसम्म करीव ४ सय जनाले नेपाल फर्कनका लागि अनलाइन विवरण भरिसकेका छन् ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...