काभ्रे । इतिहासका महत्वपूर्ण कालखण्डमा प्रविधि क्षेत्रमा पर्याप्त लगानी गर्न, प्राविधिक, वैज्ञानिक एवम् व्यवस्थापकीय जनशक्ति उत्पादन गर्न र युगसापेक्ष प्रविधिको विकास गर्न पछि परेको कारण नेपाल अपेक्षित विकासको मार्गमा अघि बढ्न नसकेको राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् ।
धुलिखेलमा रहेको काठमाडौ विश्वविद्यालयको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर भवनको उद्घाटन गर्दै पौडेलले भविष्यको पुस्तालाई व्यापक र द्रुत आयाममा प्रविधिमय हुँदै गएको विश्वसँग प्रस्तिस्पर्धा गर्न सक्षम बनाउनुको विकल्प नभएको बताए ।
मुलुकको लागि अनुसन्धान तथा नविन प्रविधिको सुरुवात भएको एक ऐतिहासिक क्षण भएको भन्दै यसले निरन्तर र फलदायी सञ्चालनको आधार पाएको बताए ।
भवनको लागत ४० करोड भन्दा बढी रहेको र जसमा २२ करोड भन्दा बढीको उपरकरणहरु रहेको नेपाल टेक्नोलोजी इनोभेसन सेन्टरका निर्देशक राजेन्द्र ज्ञवालीले बताए । सो क्रममा राष्ट्रपति पौडेलले सेन्टर र त्यसभत्रि रहेको अत्याधुनिक उपकरणहरुको अवलोकनसमेत गरेका थिए ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...