सुन तस्करीः कृष्णबहादुर महरा पुत्र राहुलसहित चार जनाविरुद्ध मुद्दा दर्ता – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

सुन तस्करीः कृष्णबहादुर महरा पुत्र राहुलसहित चार जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । विद्युतीय चुरोट (भेप) मा हालेर सुन तस्करी गरेको आरोपमा कृष्णबहादुर महरा पुत्र राहुलसहित चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ । आज काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो ।

सङ्गठित अपराध, भन्सार छली र विश्वासघात गर्न नहुने कसुर गरेको आरोपमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले बताए । उक्त कसुरमा राहुल, लोकेन्द्रकुमार पौडेल, दावा छिरिङ र निमा गुरुङविरुद्ध अभियोजन दर्ता भएको हो ।

गुरुङ हाल फरार छन् भने छिरिङ ६१ किलो सुन तस्करीकासमेत आरोपी हुन् । विसं २०७९ पुस १० गते युनाइटेड अरब इमिरेट्स (युएई)को दुबईबाट विद्युतीय चुरोट (भेप) मा लुकाइ ल्याएको नौ किलो सुन (आठ करोड ५५ लाख) तस्करी भएको थियो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गत शुक्रबार उक्त प्रकरणमा सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएको थियो ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८० आश्विन २४, १९: २१

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८० आश्विन २४, १९: २१

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८० आश्विन २४, १९: २१

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...