रसुवागढीबाट भेडा च्याङ्ग्रा नेपाल भित्रिए – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

रसुवागढीबाट भेडा च्याङ्ग्रा नेपाल भित्रिए

रसुवा । महान चाड बढादशैँ नजिकिएसँगै चीनसँगको व्यापारिक नाका रसुवागढीबाट भेडा च्याङ्ग्रा नेपाल भित्रिएका छन् । चीनको केरुङबाट दुई सय ४५ वटा भेडा च्याङ्ग्रा रसुवागढी नाका हुँदै नेपाल भित्रिएको हो ।

रसुवागढी नाका सम्म चीनीया ब्यापारीहरुले भेडा च्याङ्ग्रा ल्याई नेपाली ब्यापारीहरुलाइ दिएपछि रसुवागढी नाकाबाट भेडा च्याङ्ग्रा ल्याइएको हो । भेडा च्याङ्ग्राको मूल्य ३० हजारदेखि ३५ हजारसम्म मूल्य पर्ने नेपाली ब्यापारी दिवाकर न्यौपानेले बताए ।

बिगत वर्षको तुलनामा यो वर्ष चीनमै चार हजार देखि पाँच हजारसम्म बढी मूल्य परेकोले धेरै लगानी गर्नु पर्दा कम संख्यामा भेडा च्याङ्ग्रा ल्याइएको उनको भनाई छ ।

प्रत्येक वर्ष भेडा च्याङ्ग्रा आयात हुँदै आएकोमा गत बर्ष भने नाका बन्द भएका कारण ब्यापारीहरुले भेडा च्याङ्ग्रा रसुवागढी नाका भएर ल्याउन पाएका थिएनन् । प्रतिभेडा तथा च्यांग्रा तीन सय रुपैयाँमा आउने गरेकोमा पछिल्लो समय मूल्य बढ्दै गएको र आयातमा पनि कमि आएको हो ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८० आश्विन २४, २२: १६

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८० आश्विन २४, २२: १६

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८० आश्विन २४, २२: १६

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...