काठमाडौं । बझाङमा गएराति भूकम्प गएको छ ।
राति १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसभन्दा पहिले असोज १६ गते बझाङलाई केन्द्र बनाएर ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
सो भूकम्पमा परी बझाङमा १ जनाको मृत्यु भएको थियो ।
असोज १६ गते यता बझाङ केन्द्रबिन्दु बनाएर दर्जनौँ पटक भूकम्प गएको छ ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...