काठमाडौं । चीनमा आयोजित १९ औं एसियाली खेलकूद प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिँदै आगामी दिनका लागि शुभकामना दिएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले प्रतियोगितामा महिला सहभागिताको लागि आफूले बधाई दिएको उल्लेख गर्दै अहिले महिलाले नै मेडल ल्याएको र रेकर्ड बनाएको बताए ।
खेलाडीको प्रोत्साहनको लागि रकम दिने घोषणा गरी नियमावली पास गरेकामा आजको मन्त्रिपरिषदको बैठकले निकासाका लागि निर्णय गरेको जानकारी दिए ।
आगामी बजेटमा खेल क्षेत्रमा विशेष बजेटको व्यवस्था गर्ने प्रधानमन्त्री प्रचण्डले आश्वासन दिए । भेटमा खेलाडीहरुले प्रधानमन्त्री नै कार्यक्रमस्थलमा पुगेकोले आफूहूरु उत्साहित बनेको बताए ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...