काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणका कारण समस्यामा परेका नेपाली विद्यार्थीहरूलाई सरकारले आज इजरायलबाट स्वदेश ल्याउँदै छ ।
विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद गएराति इजरायल गएका छन् । विद्यार्थीहरूलाई लिएर जहाज आज बेलुकी ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको छ ।
पहिलो चरणमा आज २ सय ५४ विद्यार्थी मात्र ल्याइने छ । स्थानीय समयअनुसार आज बिहान ९ः१० बजे निगमको एयरबस ३३० जहाज इजरायलको तेल अभिवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताइएको छ ।
असोज २० गते इजरायलको दक्षिण क्षेत्र किबुज अलुमिया भन्ने स्थानमा प्यालेस्टाइनी लडाकु समूह हमासको आक्रमणपछि तीन सयभन्दा बढी नेपाली त्यहाँ अलपत्र परेका छन् । आक्रमणका क्रममा १० नेपालीले ज्यान गुमाए ।
इजरायल सरकारले नेपाली विद्यार्थीको शव तत्काल हस्तान्तरण गर्ने अवस्था नदेखिएकाले केही समय कुर्नुपर्ने अवस्था देखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...