मोरङ । कोशी प्रदेशको मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दुईजनाको दाबी पेश भएको छ । सरकार गठन गर्न प्रदेश प्रमुखबाट दिइएइको समयभन्दा एक दिनअघि दुई जना प्रदेश सभा सदस्यले मुख्यमन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका हुन ।
गठबन्धन दलका शीर्ष नेताहरुबीच विहीबार दिउँसो काठमाडौंमा भएको सहमतिअनुसार माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अपरान्ह ५ बज्नुभन्दा केहीबेरअघि प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी पेश गरे ।
उनले गठबन्धन दलका नेताको समर्थन रहेको पत्रसहित दाबी पेश गरेका हुन । शीर्ष नेताहरुबीच भएका सहमतिप्रति असन्तुष्ट आठ जना नेपाली कांग्रेसका सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका सांसद केदार कार्कीले एमालेका ३९ सांसदको हस्ताक्षरसहितको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष आज दाबी पेश गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा ५ (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...