सिरहा । पीडितहरुको माग सही ढङ्गले सम्बोधन नभए सशक्त आन्दोलनमा उत्रिने मिटरब्याज विरुद्धको संघर्ष समितिले चेतावनी दिएको छ ।
गोलबजारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिले सिरहा प्रशासनलाई मिटरब्याज पीडितहरुको समस्या सात दिनभित्र देखिनेगरी समाधान गर्न आग्रह गरेको छ ।
समितिका संयोजक मनोज पासमानद्वारा जारी प्रेस विज्ञप्तिमा सरकारले गरेको सहमति कार्यान्वयन नभएको जनाइएको छ । सिरहामा जम्मा ३ हजार ७८८ भन्दा बढी मिटरब्याज पीडितको मुद्दा दर्ता भएको छ ।
अहिले सम्ममा पुरानो र नयाँ गरी २ सय ७३ मुद्दामा मात्र सहमति भएको आन्तरिक प्रशासन शाखाका कर्मचारी शिव दयाल यादवले जनाएका छन् ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...