विद्यार्थीलाई साइकल वितरण – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

विद्यार्थीलाई साइकल वितरण

मकवानपुर । मनहरी गाउँपालिकाका १ सय १५ जना विद्यार्थीलाई साइकल वितरण गरिएको छ । ९ लाख ५० हजार आर्थिक सहयोगमा कक्षा ६ देखि १० सम्म अध्ययनरत १ सय १५ छात्र–छात्रालाई साइकल वितरण गरिएको हो ।

वडा नम्बर ४ स्थित पशुपतिनाथ माध्यामिक विद्यालयका विद्यार्थीलाई साइकल वितरण गरिएको हो । घरदेखि स्कुल सम्मको भौगोलिक दूरी टाढा रहेका विद्यार्थीलाई साईकल वितरण गरिएको बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले बताइन् ।

साईकल हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि मोक्तानले शैक्षिक सुधारमा वडाले गरेको कार्यको प्रशंसा गरिन् । विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले साईकल प्राप्त भएपछि भौगोलिक हिसाबले टाढा रहेका विद्यार्थीलाई समयमै स्कुल आउन र घर जान सहज हुने विश्वास व्यक्त गरे ।

नियमित साईकल चलाउदा विद्यार्थीमा स्फूर्ती समेत आउने प्रधानाध्यापक आचार्यको भनाई छ ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८० आश्विन २५, २०: ४२

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८० आश्विन २५, २०: ४२

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८० आश्विन २५, २०: ४२

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...