महेश बस्नेत झापा पुगेपछि दुर्गा प्रसाईंका कार्यकर्ताले गरे गाडी तोडफोड – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

महेश बस्नेत झापा पुगेपछि दुर्गा प्रसाईंका कार्यकर्ताले गरे गाडी तोडफोड

विर्तामोड । नेकपा एमालेका नेता महेश बस्नेत प्रमुख अतिथि बनेको झापाको अर्जुनधारा कार्यक्रममा तनाव सिर्जना भएको छ । बस्नेत झापा आएको थाहा पाएपछि व्यवसायी दुर्गा प्रसाईं त्यहाँ पुगेका थिए ।

त्यसपछि प्रसाईंका कार्यकर्ता र कोशी प्रदेश नामाङ्कनमा विरोध जनाइरहेकाहरुले कार्यक्रम बिथोल्न थाल्दा तनाव सिर्जना भएको हो । परिस्थिति बिग्रिन नदिन प्रहरीले विभिन्न ठाउँमा विरोधका लागि निस्किएकाहरुलाई रोकेको थियो । त्यसक्रममा लाठी चार्ज र दुई राउण्ड अश्रुग्याँस समेत प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।

प्रहरीसँग घम्साघम्सी भएपछि विरोधका लागि निस्किएकाहरु एमालेको कार्यक्रम स्थलसम्म पुगेर गाडी तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीले बताए ।

इलाका प्रहरी कार्यालय, अनारमनीले तोडफोडमा संलग्न रहेको आशंकामा एक जना शंकास्पदलाई नियन्त्रणमा लिएको छ । यद्यपि, उनको संलग्नता पुष्टि भइनसकेको प्रहरी अधिकृतले बताए ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८० आश्विन २५, २०: ५९

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८० आश्विन २५, २०: ५९

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८० आश्विन २५, २०: ५९

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...