
काठमाडौं । राष्ट्रिय सभाकी सांसद तथा चर्चित लोक गायिका कोमल ओलीले नेपाल प्रहरीले आफ्नो क्षवि सुधार्न नसक्दा समाजमा विकृति फैलँदै गएको गुनासो गरेकी छन् ।
धनुषा जिल्लाको मिथिला नगरपालिका ५ का युवा दिलिप महतोलाई औरही खोलामा अबैद्य क्रसर उद्योग संचालन गरिरहेका संचालकले नियन्त्रणमा लिइ हत्या गरिएको घटनालाई दृष्टान्तको रुपमा प्रस्तुत गर्दै सांसद ओलीले यस्तो गुनासो गरेकी हुन् ।
उनले युवकलाई हत्या गर्ने भावनालाई निरुत्साहित गर्न प्रहरीले नसकेको भन्दै प्रहरीले प्राकृतिक स्रोत साधनको दोहन गर्दा समेत नियन्त्रण गर्न नसकेको भन्दै गुनासो गरेकी हुन् ।
राष्ट्रिय सभाको बैठकमा विशेष सयम लिएर सांसद ओलीले भनिन ‘कानून र प्रहरीको डर नहुँदा बिरोध गर्न आएको व्यक्तिलाई डोजर लगाउनु भनेको गम्भिर समस्या हो । पुलिस प्रसाशनसँग जनताको भय पनि छैन । विश्वास पनि छैन ।
भय र विश्वास बिनाको प्रहरीले समाजलाई गलत बाटोमा लैजादैछ ।’ लोकगीत गायिकका र उद्घोषण कलामा ख्याति कमाएकी कलाकार ओलीले क्रसर उद्योगको नाममा प्राकृतिक श्रोतको दोहोन भइरहेको भन्दै अपराध गर्ने मनसाय राख्नेहरुमा प्रहरी, प्रशासन र कानूनप्रति आशा र भय नहुन समाजको लागि घातक भएको बताए ।
न्याय पाउने आशा हराएको भान हुन थालेको भन्दै ओलीले अपराध गर्नेहरु त्रास र पीडितलाई आश हुने वातावरण नभएको भन्दै ओलीले प्राकृतिक श्रोतको दोहन मुख्य समस्या बन्दै गएको बताईन । उनले खोलाभन्दा पाँच सय मिटर र विद्यालय र मानवबस्तीभन्दा दुई किलोमिटर टाढा मात्र क्रसर उद्योग हुनु पर्ने कानूनी प्रावधानलाई उल्लंघन गर्दै क्रसर उद्योगले खोलाबाटै उत्खनन गरिरहेको घटनालाई नियन्त्रण गर्नु पर्ने आवश्यकता औल्याइन ।
सांसद डा. विमलादेवी राई पौडेलले दिलिप महतोमाथि भएको जस्तो जघन्य घटना कहिल्यै हुन नहुने भन्दै प्राकृतिक स्रोतको संरक्षणको माग गर्ने रक्षक खोलामा जाँदा मारिएको घटनाले देशमा ठूलो समस्या संकट निम्त्याउने चेतावनी दिइन ।
सांसद पौडेलले स्थानीय सरकारले प्राकृतिक श्रोतमाथि अधिकार मात्र होइन संरक्षण गर्ने दायित्व पनि पुरा गर्नु पर्ने बताईन । स्थानीय एक जनप्रतिनिधिले औरही खोलको प्राकृतिक दोहन भएको आफूले थाहा पाइँन भन्न नमिल्ने भन्दै चुरेको खोलाको व्यवस्था गर्ने निकाय राष्ट्रपति चुरे संरक्षण बोर्डले के गरेको छ ? भनी प्रश्न गरिन ।
राजपाका सांसद बृषेशचन्द्र लालले नदीबाट प्राकृतिक स्रोतको चोरी गर्ने र नदी उत्खनन गर्नेको विरुद्धमा लाग्ने युवा इन्जिनियर दिलिप महतोलाई २४ पुसमा टिपरले किचेर मारेको घटनामा प्रहरीको नै मिलेमतो भएको आरोप लगाए ।
उनले प्रहरीले चार जनालाई पक्राउ गरे पनि नजिकैको प्रहरी चौकीले अबैध क्रसर उद्योग रोक्न र युवाको हत्या हुनबाट किन रोक्दैन ? भनी प्रश्न गरे । उनले हत्या भएपछि बिना मिचुल्का प्रहरीले लासलाई त्यहाँबाट हटाएर घटनालाई ढाक छोप गर्न लागेको देखिएको भन्दै अबैद्य उत्खननमा प्रहरीको संरक्षण रहेको दाबी गरे ।
काठमाडौं : डा. गाेविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएकाे छ । साेमबार सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगन्ज गाउँपालिका–कप्तानगन्जमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार एक...
काठमाडौं : सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित श्री गोकुलेश्वर माध्यमिक विद्यालयको भवन निर्माणका लागि सोमबार शिलान्यास गरिएको छ ।...