पूर्व राष्ट्रपति यादवले राष्ट्रपति पौडेललाई भेटेर गरे सरकारको ध्यानाकर्षण – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

पूर्व राष्ट्रपति यादवले राष्ट्रपति पौडेललाई भेटेर गरे सरकारको ध्यानाकर्षण

काठमाडौं । विधेयकमा रहेका केही प्रावधान हटाउने विषयमा पूर्व राष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटेर सरकारको ध्यानाकर्षण गराएका छन् । गिट्टी, ढुङ्गा, बालुवा उत्खनन् गरी निकासी खुला गर्नेसम्बन्धी सरकारले हालै स्वीकृत गरेको विधेयकका विषयमा यस्ताे ध्यानाकर्षण गराएका हुन ।

पूर्वराष्ट्रपति डा. यादवले चुरे, जैविक विविधता, वन एवं कृषि विज्ञहरूसहित राष्ट्रपति भवन शीतलनिवासमा भेटेर सो ध्यानाकर्षण गराएका र उक्त ध्यानाकर्षणप्रति आफू गम्भीर रहेको राष्ट्रपति पौडेलले बताएका छन् ।

चुरे संरक्षण र देशको अन्न भण्डार रहेको तराई मधेसको जैविक विविधता संरक्षणमा आफू सचेत रहेको बताए । मन्त्रिपरिषद्को यही असोज १६ गतेको बैठकले निर्माण सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयक स्वीकृत गरी संसद्मा पेस गर्ने निर्णय गरेको थियो ।

सो विधेयकमा हाल बन्द गरिएको गिट्टी, ढुङ्गा, बालुवा उत्खनन् गरी निकासी गर्नेबारेमा उल्लेख भएको पनि डा यादवले जानकारी गराएको प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८० आश्विन २६, ०८: ३८

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८० आश्विन २६, ०८: ३८

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८० आश्विन २६, ०८: ३८

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...