विद्यार्थीले पाँच दिनदेखि बन्धक बनाएर राखेको प्रिन्सिपल पाठककाे आरोप – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

विद्यार्थीले पाँच दिनदेखि बन्धक बनाएर राखेको प्रिन्सिपल पाठककाे आरोप

बुटवल । युनिभर्सल कलेज अफ मेडिकल साइन्स एण्ड टिचिङ हस्पिटलमा ड्रेस कोडको विवादले विद्यार्थी आन्दोलित भएका छन् । विद्यार्थीलाई पोशाक अनिवार्य गर्ने प्रिन्सिपल प्रा.डा.लक्ष्मी पाठकको निर्णयप्रति असहमति जनाउंदै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

जसका कारण विद्यार्थीहरुले आफूलाई पाँच दिनदेखि बन्धक बनाएर राखेको शौचालय जान र खाना खानसमेत नदिएको पाठकको आरोप छ । रातभर चर्को स्वरमा स्पिकर बजाएर सुत्नसमेत नदिएको जस्ता अमानवीय व्यवहार विद्यार्थीले गरेको प्रिन्सिपल पाठकको गुनासो छ ।

डा. पाठकले आफूलाई ट्रयाप गरेर राखेको गुनासो छ । पकेटमा लुकाएर ल्याइदिएको खानेकुरा मात्र खान पाएको भन्दै आफ्नो स्वास्थ्यमा तलमाथि भए विद्यार्थीहरु नै जिम्मेवार हुनुपर्ने तर्क उनको छ ।

विद्यार्थीहरुलाई दुई पटक वार्तामा आउन लिखित अनुरोध गर्दा पनि नआएको र अराजकताको पराकाष्ठा देखाएको डा. पाठकले बताएकी छन् । विद्यार्थीहरुले माफी नमागेसम्म माग सम्बोधन गर्न नसकिने उनको अडान कायमै छ भने यता विद्यार्थीले आन्दोलन जारी राखेका छन् ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८० आश्विन २६, ०९: २४

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८० आश्विन २६, ०९: २४

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८० आश्विन २६, ०९: २४

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...