बजारमा चिनीको अभाव, मूल्य बढाइएको उपभोक्ताले गुनासो – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

बजारमा चिनीको अभाव, मूल्य बढाइएको उपभोक्ताले गुनासो

काठमाडौं । केही समयदेखि बजारमा चिनीको अभाव देखिएको छ । कृत्रिम रूपमा मूल्य बढाइएको उपभोक्ताले गुनासो गरिरहेका छन् । दशैँ र तिहारजस्ता मुख्य चाडपर्व आउन लागेका बेलामा बजारमा यस्तो अभाव र मूल्यवृद्धि हुनु सरकारको उदासिन्ता भएको उपभोक्ताले गुनासो गरेका छन् ।

सरकारी अधिकारीहरू भने बजारमा देखिएको चिनीको अभाव कम गर्ने प्रयास जारी रहेको आशवासन दिन्छन् । बजारमा देखिएको अभाव कृत्रिम नभइ वास्तविक नै भएको व्यापारी दाबी गर्छन् । यस्तो अभाव आउनुमा सरकारको दोष रहेको उनीहरू बताउँछन् ।

अहिले बजारमा केही पसलेहरूले किलोको १३० रुपैयाँ भन्दा बढीमा चिनी बिक्री गरिरहेको पाइएको छ। मार्ट तथा सुपरस्टोरहरूले पनि चिनीको अभावका कारण बिक्री गर्न पाएका छैनन् । अहिले कम्पनीले किलोको ९७ रुपैयाँमा चिनी बिक्री गरिरहेको साल्ट ट्रेडिङको जनसम्पर्क तथा सञ्चार विभागका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले बताए ।

यद्यपि माग अनुसार चिनी आपूर्ति गर्न नसकेको स्वीकारे । साल्ट ट्रेडिङ लिमिटेड, खाद्य व्यवस्था तथा व्यापार कम्पनी, दुग्ध विकास संस्थानलगायतले काठमाडौं उपत्यकाभित्र तीनवटा घुम्तीसहित ३५ वटा सुपथ मूल्य पसलहरू सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको छ।

बजार अनुगमनका क्रममा सरकारले जफत गरेको ७०० क्विन्टल चिनी साल्ट ट्रेडिङलाई बिक्रीका लागि दिएको छ । त्यसैलाई अहिले कम्पनीले बिक्री गरिरहेको उनले बताए ।

सम्बन्धित समाचार

जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
जनआन्दोलनताका निर्माण भएको पापड फेरि ब्युँतियो, ५ गते विशाल र्‍याली प्रदर्शनी
  • २०८० आश्विन २६, ०९: ४९

काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...

दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
दीपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
  • २०८० आश्विन २६, ०९: ४९

काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...

सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरणको तयारी, असार तेस्रो साताबाट प्रक्रिया सुरु हुने
  • २०८० आश्विन २६, ०९: ४९

काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...