काठमाडौं । पार्टीका नेता डा. शेखर कोईरालासँग छलफल गरेर मात्रै कोशी प्रदेश सरकारबारे निर्णय लिने नेपाली कांग्रेसले जनाएको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रिय कार्य सम्पादन समिति बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले कोशी प्रदेश कांग्रेसकै भागमा परेको र सहमति गरेर आए आफू पछि हट्ने बताएको हुनाले नेता कोईरालासँग छलफल गरेर मात्रै निर्णय लिने बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता मिन विश्वकर्माले बताए ।
सभापति देउवाले नेता कोईरालासँग सहमति मागेको बताए । गठबन्धन भित्रैबाट सरकार बनाउनका लागि पहल गर्ने निर्णय भएको उनको भनाइ छ । २०५१ को अवस्था नै अहिले दाहोरिएको जिकिर गरे ।
नेता विश्वकर्माले कोशी प्रदेशमा कांग्रेसका नेताहरुले गरेको बिद्रोहलाई सामान्य रुपमा लिन नहुने बताए । बैठक भोलि (शनिवार) पुनः बस्ने जानकारी दिए ।
काठमाडौं : लोकतन्त्र, संविधान र नागरिक अधिकारको संरक्षणका लागि जनआन्दोलनका क्रममा गठन भएको शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड)...
काठमाडौं : सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।...
काठमाडौँ : सरकारले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ । भूमि व्यवस्था, सहकारी, संघीय...