संसद्लाई कठपुतली बनाउँदै संसदीय सर्वोच्चतामाथि हस्तक्षेपः भागवण्डाले मुलुक अनिर्णयको बन्दी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

संसद्लाई कठपुतली बनाउँदै संसदीय सर्वोच्चतामाथि हस्तक्षेपः भागवण्डाले मुलुक अनिर्णयको बन्दी

दुई अध्यक्ष भएको नेकपामा भुसको आगो सल्कदै


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू दुइ तिहाइ बहुमतको बलियो सरकारको नेतृत्व गरिरहेको र शक्तिशाली भएको देखाउन एक महिनाअघि सत्ता छाडेर उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी गए पनि राज्यको महत्वपूर्ण अङ्ग व्यवस्थापिका संसदलाई भने आफ्नो मुठ्ठीमा राख्न सकेका छन् ।

आफ्नै सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको पाँचौं अधिवेशन एक महिनाअघि अर्थात पुस ४ गते आव्हान गरे पनि आफू अनुकूल संसद चल्नु पर्ने भन्ने देखाउन संसदलाई अनिर्णयको बन्दी बनाएर देखाएका छन् । एक हिसावले संसदीय सर्वोच्चतासहितको शासन व्यवस्था रहेको नेपालमा व्यवस्थापिका कार्यपालिकाकै मातहतमा रहेको देखाउन एक महिनादेखि संसद बैठक संचालनको लागि अबरोध गरेर देखाइ दिएका छन् । लोकतान्त्रिक मुल्य मान्यताको दुहाई दिने ओलीले व्यवस्थापिका संसदलाई कार्यपालिकाको कालो छायाँमा पारेर देखाइ दिएका छन् ।

संसदीय लोकतान्त्रिक शासन व्यवस्था भएका देशमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई राज्यको प्रमुख तीन अंङ्गको रुपमा लिइएको छ । यी तीनवटामा एउटाले अर्कोलाई हस्तक्षेप गर्न मिल्दैन । शक्ति सन्तुलनको सिद्धान्तलाई तिलाञ्जली दिँदै ओलीले आफू कार्यपालिकाको प्रमुख भएर पनि व्यवस्थापिकामाथिको प्रत्यक्ष हस्तक्षेप शुरु गरेका छन् ।

सरकार दिन दुई गुणा, रात चौगुणा असफल भइरहेको बेला सरकारको नेतृत्व गरिरहेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशन बोलाएर पनि बैठक भने संचालनमा बाधा उत्पन्न गरेका छन् । संघीय संसदको प्रतिनिधिसभामा दुई तिहाई बहुमतको नजिक रहेको नेकपाले रिक्त सभामाुख पदमा उम्मेदवार हुने एक जना सांसद सदस्य चयन गर्न नसक्दा संसद अनिर्णयको बन्दी र सरकारको कठपुतली भएको छ ।

संसदको बैठक एकपछि अर्को गर्दै पुस ४ देखि यता सूचना टाँस्दै स्थगित हुँदै आएको छ । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुब्र्यवहारको आरोप लगोपछि असोज १४ गते पदबाट राजिनामा दिएका तत्कालिन सभामुख कृष्णबहादुर महरा हाल यौन दुब्र्यवहारको अभियोगमा थुनामा छन् ।

संसदको सभामुख रिक्त भएको अवस्थामा सदनको बैठकको पहिलो एजेण्डा नै सभामुखको निर्वाचनको कार्यतालिका हुने गर्छ । तर, अधिवेशन आव्हान गरेपछि पहिलो बैठक शोक सन्देश पारित गर्नुवाहेक कुनै पनि एजेण्डामा छलफल नै नगरी पुस ११, पुस १६ र पुस २७ गते सूचना टाँसेर स्थगित हुँदै आएको छ ।

यसरी संसदको अधिवेशन आव्हान गरेर पनि बैठक चल्न नदिने र नचलाउने दुवै सत्तारुढ नेकपाका नेताहरु हुन् । सत्तारुढ नेकपाको अध्यक्ष र संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले रिक्त सभामुख पदमा उम्मेदवार हुने व्यक्तिको नाम चयन गर्न नसकेर नेकपा भित्र देखिएको पूर्वमाओवादी र पूर्बएमालेबीचको बिबादलाई उजागर गरेका छन् ।

आफ्नै दलबाट उपसभामुख भएकी डा. शीवमायाँ तुम्वाहाम्फेले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको निर्देशनलाई समेत नमान्ने भनेर ठाडै चुनौति दिएकी छन् । उनले यस्तो चुनौति दिनुको पछि सभामुख पद खोजिरहेको पूर्वमाओवादीलाई त्यस्तो अवसर नदिने उदेश्य देखिन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी निकट भनेर चिनिएका उपसभामुख डा. तुम्वाहाम्फेले गत साता नेकपा अध्यक्ष ओली र दाहालकै सामू आफूलाई सभामुख नबनाएसम्म उपसभामुख पद नछाड्ने चेतावनी समेत दिएकी थिइन् । उनले आफू सभामुखको लागि योग्य र सक्षम भएको भन्दै १२ बुँदे योग्यताका आधारहरु पेश गरेकी थिइन् ।

उनले अध्यक्षद्धयलाई आफुलाई सभामुख बनाउने निर्णय नेकपाले नगरेमा उपसभामुखबाट राजिनामा नदिने र हटाउने हो भने महाभियोग लगाएर देखाउन चेतावनी समेत दिएकी छन् । शक्तिशाली सरकारको नेतृत्व गरिरहेको नेकपाका अध्यक्षद्धयलाई यस्तो चेतावनी र धम्की दिने शक्ति डा. शीवमायाँलाई कहाँबाट आयो भनेर धेरैले अचम्म मानेका छन् । खासमा शिवमायाँको यो धम्की प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाइ नभएर अर्का कार्यकारी अध्यक्षको पगरी गुथेका दाहालप्रति थियो भनेर बुझ्न सजिलै सकिन्छ ।

आफूलाई महाभियोग लगाउने कुनै आधार भए महभियोग लगाएर देखाउन नेकपालाई धम्की दिने उपसभामुख शिवमायाँले म के कारणले उपसभामुखमा रही रहन वा सभामुख हुन अयोग्य भएँ, त्यसको कारण चाहियो भन्दै सत्तारुढ नेकपाका नेतामाथि प्रश्न तेस्र्याएकी छन् । वाहिरबाट हेर्दा शिवमायाँको तर्कमा केही दम छ । तर उनको यो दाबी उनी आफ्नै बिबेकले गरेको भनेर पत्याइ हाल्ने अवस्था छैन ।

कहिले नेकपाले सभामुखको उम्मेदवार तय गर्ना साथ उपसभामुखबाट राजिनामा दिन तयार छु भन्ने उपसभामुख तुम्वाहाम्फेले कहिले भने मलाई सभामुख बनाउने निर्णय नगरेसम्म उपसभामुख छोड्दिन, हिम्मत भए महाभियोग लगाएर हटाएर देखाउन धम्की दिन्छिन ।

उनको भनाईमै अडान नभएपछि यो सब नेकपाका अध्यक्ष ओलीको डिजाइनमा नेकपाका पूर्वमाओवादीलाइ सभामुख बन्न नदिने र ठेगान लगाउने प्रपञ्च हो भन्ने सहज रुपमा बुझ्न सकिन्छ । उनले अध्यक्ष ओली, नेकपाका सचिवालय सदस्य इश्वर पोखरेल र विष्णु पौडेलको अनुपस्थितिमा सचिवालय सदस्य बामदेव गौतमको निवास भैंसेपाटीमा बैठक गरेर आफ्नो राजिनामा माग्ने निर्णय पार्टी सचिवालय बैठकबाट गर्ने सहमतिको खुलेर बिरोध गरेकी छन् ।

मेरो योग्यताको बारेमा प्रश्न गर्नेहरुलाई मेरा योग्यताको यो यो प्रमाण छ र त्यो जहाँ पनि पेश गर्न तयार छु भन्दै आएकी छन् । गौतम निवास भैंसेपाटीमा गौतमसहित अध्यक्ष दाहाल र सचिवालयका सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठको उपस्थिति थियो ।

पार्टीले पुस २७ गतेको प्रतिनिधि सभाको बैठकअघि पनि सभामुखको उम्मेदवारको चयन नगरे निर्वाचन प्रक्रिया अघि बढाउँछु भन्दै हिँडेको उपसभामुख तुम्वाहाम्फेले भने अध्यक्ष तथा प्रधानमन्त्री ओलीको इसारामा प्रतिनिधिसभाको बैठक तीन पटकसम्म सूचना टाँसेर स्थगित गर्दै आएकी छन् । पुस २७ गतेको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेको लागि बोलाइएको थियो । त्यसको तयारी स्वरुप संसद सचिवालयका कर्मचारी र मर्यादापालक बैठक स्थल नयाँबानेश्वर पुगिसकेपछि एक घण्टा अघि अर्थात १२ बजे सूचना प्रकाशित गरी बैठक माघ ६ गतेसम्मको लागि स्थगित गरेकी थिइन् ।

अध्यक्ष दाहालकै अघि अर्का अध्यक्ष ओलीले उपसभामुख तुम्वाहाम्फेलाई राजिनामा दिएर सभामुख उम्मेदवारको लागि बाटो खोलिदिन आग्रह गर्ने गर्छन र पटकै पिच्छे उपसभामुखले पहिलो सभामुखको उम्मेदवार चयन गर्नुस अनि राजिनामा दिउँला भन्ने गरेकी छन् । उपसभामुखबाट तुम्वाहाम्फेले राजिनामा नदिए सभामुख पदमा नेकपाले दाबी गर्न पाउँदैन ।

किनकी संविधानमै सभामुख र उपसभामुख फरक फरक दलको हुनुपर्छ । यस्तो अवस्थामा उपसभामुखले संविधानलाई टेकेर गरेको अडानका कारण आजित भएका अध्यक्ष दाहालले आफ्ना सहकर्मी पूर्वमाओवादीका नेताको आक्रोसलाई समन गर्न सचिवालय बैठक मार्फत उपसभामुख तुम्वाहाम्फेको राजिनामा माग गर्ने निर्णय गरेका थिए ।

तर, उनको यो प्रयास झन घातक भयो । किनकी राज्यको एउटा अंग व्यवस्थापिकाको बैठकको अध्यक्षता गरिरहेकी उपसभामुखलाई पदबाट राजिनामा दिनको लागि निर्देशन दिएर गैरसंवैधानिक काम गरेका छन् । उपसभामुखबाट डा. तुम्वाहाम्फेलाई राजिनामा दिन आग्रह गर्नु पर्ने वा अनौपचारिक रुपमा पार्टीको निर्णय जानकारी गराउनु पर्नेमा पार्टीको निर्णयको लिखित आदेश दिएपछि उपसभामुख तुम्वाहाम्फे रिसाएकी छन् ।

संसदको सभामुख वा उपसभामुखलाइ पार्टीले निर्देशन दिन मिल्छ भन्दै उपसभामुख तुम्वाहाम्फेले सार्वजनिक रुपमा प्रश्न गरेपछि अध्यक्ष प्रचण्डको पार्टी संचालनको क्षमता र ल्याकत पनि अर्का अध्यक्ष ओलीले मापन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आफ्नो अनुपस्थितिमा गरेको निर्णयप्रति ओली पनि सन्तुष्ट छैनन् ।

उनले ढंग र प्रक्रिया नपुर्याइ गरेका निर्णय कार्यान्वयन गर्न उनले दाहाललाई नै जिम्मेवारी दिएका छन् । एमातिर अध्यक्ष ओली र उपसभामुख डा. तुम्वाहाम्फेकोको घुक्र्याइ र अर्को तिर पूर्वमाओवादीका सहकर्मीको सभामुख लिनै पर्ने छाड्न नहुने भन्दै दिएको दबाबका काण दाहाल तनावमा छन् । नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले उपसभामुखबाट डा. तुम्वाहाम्फेले राजिनामा नदिएमा सांसद पदबाटै हटाउने चेतावनी दिएका छन् ।

सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि नेकपाबाट समानुपातिक कोटामा सांसद भएको व्यक्ति नै उपसभामुख भएकाले पार्टीले दिएको निर्देशन उनले पालना गर्नु पर्ने भन्दै लिँडे ढिप्पी गरेका छन् । श्रेष्ठको भनाई र मागलाई उपसभामुख तुम्वाहाम्फेले चेतावनी दिँदै आफू नेकपाको सदस्य नै नभएको अवस्थामा कसरी कारबाही हुँदो रहेछ भनेकी छन् ।

आफु संसदको उपसभामुख भएकाले संसदको नेतृत्वलाई खाली राख्न नहुने दायित्व पुरा गरिरहेको बताउने डा. तुम्वाहाम्फेले पनि पार्टीकै इसारामा तीन पटकसम्म बैठक स्थगित गर्दै आएकी छन् । उनले रिक्त सभामुख पदको निर्वाचन प्रक्रिया शुरु गर्नको लागि संसद सचिवालयलाई निर्देशन समेत दिन सकेकी छैनन् । आफूले उपसभामुख भएर कुनै गल्ति नगरेको दाबी गर्दै आएकी उनले कसैले गरेको गल्तिको सजाय मैले किन भोग्ने भन्दै आएकी छन् ।

उनले आफू पाँच बर्षको लागि उपसभामुख भएको भन्दै पुरा कार्यकाल काम गर्न नपाउँदै मैले के अपराध वा गल्ती गरें र पदा त्याग गर्नु पर्ने हो भनी प्रश्न गरेकी छन् । उनले आफू कुनै यौन दुराचार वा भ्रष्टाचारको कसुरमा नमुछिएको वा बिबादमा नतानिएको भन्दै गल्ती वा कमजोरी गरेको प्रमाण ल्याउनमा आफू पद त्याग गर्न तयार भएको बताएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उपसभामुख डा. तुम्वाहाम्फे दुवै तेह्रथुममा जन्मिएका हुन् । ओलीको गृह नगर झापाको दमक हो भने डा. तुम्वाहाम्फेको माईती झापाकै गौरादह हो ।

दमक र गौरादह ओली निर्वाचन लडेको झापाको क्षेत्र नं ५ मा पर्दछ । नेपालमा महिला आन्दोलन र नेपालका महिला नेतृत्वको विषयमा विद्याबारिधी गरेकी तुम्वाहाम्फेको घर भने मोरङको उर्लाबारी हो । तत्कालिन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, अनेरास्ववीय, अखिल नेपाल महिला संघमा केन्द्रीय सस्य र उपाध्यक्ष जस्तो पदमा बसेर राजनीति गरेकी तुम्बाहाम्फे २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राजदूतमा प्रस्तावित भएको नाम हो ।

कानूनी सेवा र प्राध्यापन क्षेत्रको अनुभव लिएकी तुम्वाहाम्फेले आफ्नो राजनीतिलाई दाउमा राखेर राजनीतिक हस्तक्षेप र नेतृत्वको दबाबलाई चुनौति दिएको भन्दै उनकै सहकर्मीहरुले त्यस्तो बाटो नरोज्न सुझाव दिएकी छन् । उनले उपसभामुखबाट राजिनामा दिए बापत मन्त्रीको अफरलाई पद लोलुपताको आरोप लाग्ला भनेर तत्काललाई अश्वीकार समेत गरेकी छन् ।

संविधान बमोजिम महिलाले सभामुख हुनु हुँदैन भनेर कहाँ लेखिएको छ र भन्दै नेकपाका शीर्ष नेतालाई प्रश्न तेस्र्याउँदै आएकी डा.तुम्वाहाम्फेले राष्ट्रपति विद्यादेवी भण्डारील भनेझैं महिलालाई सभामुख बनाउँदा पार्टीलाई पनि राम्रो सन्देश जाने र संविधानअनुसार महिला पनि सभामुख हुन्छन भनेर देखाउन सजिलो हुने तर्क गर्दै आएकी छन् । समानुपातिक कोटाबाट सांसद भएकी तुम्बाहाम्फे नाताले पूर्वसभामुख सुभाषचन्द्र नेम्वाङकी सानिमा पर्छिन् । त्यसैले पछिल्लो समय सरकार संचालन र संसद् सुचारु गर्न समेत भागवण्डा नमिल्दा सिंगो मुलुक अनिर्णयको पछि बन्दै गएको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७६ माघ ६, ०६: २७

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७६ माघ ६, ०६: २७

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
निर्वाचनमा एमालेको पराजय अस्थायी हो : विद्यादेवी भण्डारी
  • २०७६ माघ ६, ०६: २७

काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको पराजय अस्थायी...