दुर्गमका गोदाममा चामल छैन, सहरमा सुपथ मुल्य पसलकाे ध्वाङ – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

दुर्गमका गोदाममा चामल छैन, सहरमा सुपथ मुल्य पसलकाे ध्वाङ

धनगढी । चाडपर्वलाई लक्षित गरी नेपाल खाद्य तथा व्यापार कम्पनी लिमिटेडले सुगम क्षेत्रमा तामझामका साथ सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । तर देशका दुरदराजका अधिकांश खाद्य गोदाम रित्ता छन् ।

दुर्गम जिल्लामा सुपथ पसल त के चामल समेत नभएर गोदाममा ताल्चा झुन्डिएका छन् ।खाद्यान्न संकट भइरहने बाजुरामा कम्पनीका गोदाम रित्ता भएका छन् । अत्यधिक माग हुने कोल्टीस्थित खाद्य डिपोले असोज ८ देखि खाद्यान्न सकिएको सूचना टाँस गरेर ताल्चा झुण्ड्याएको छ ।

कोल्टी क्षेत्रकै कवाडी र मुक्तिकोट बिक्री केन्द्रको अवस्था झन दयनिय छ । सदरमुकाम मार्तडीमा त बेजोगको स्थिति छ । गोदाममा खाद्यान्न छैन बाहिर भने ‘सुपथ मूल्य पसल’ भनेर बडेमानको ब्यानर झुन्ड्याइएको छ । कोल्टी डिपोको गोदाम रित्तिँदा सर्वसाधारण उपभोक्ता मारमा परेका छन् ।

गोदाममा भएका बेला डिपोले प्रतिकिलो ५६ रुपैयाँमा बिक्री गर्ने गुणस्तरकै चामल अहिले बजारमा ७० रुपैयाँ प्रतिकिलो किन्नुपरेको छ । प्रदेश कार्यालयमा स्थानीयले पटक पटक गुहार्दा आश्वासन आए पनि चामल भने आउन नसकेको गाउँले बताउँछन् ।

स्थानियको गुनासोमा कोल्टी डिपो प्रमुख भीमबहादुर बुढा भन्छन्, ‘हामीलाई पनि तनाव छ, चाडबाडका मुखमा गोदाममा ताल्चा झुन्ड्याउनुपरेको छ ।’ नेपाल खाद्य तथा व्यापार कम्पनी प्रदेश कार्यालय धनगढीले भने ढुवानी सम्झौता गर्न ढिलाइ भएर समस्या भएको बताएको छ ।

बाजुरामा गत आर्थिक वर्ष ०७९–०८० मा मार्तडीमा ९ हजार, कोल्टीमा ८ हजार, कवाडीमा ३ हजार र मुक्तिकोटमा ५ सय क्विन्टल मोटा चामल बिक्री भएको थियो ।

सम्बन्धित समाचार

आज विश्व टेलिभिजन दिवस मनाइँदै
आज विश्व टेलिभिजन दिवस मनाइँदै
  • २०८० आश्विन २७, ०८: २०

काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० आश्विन २७, ०८: २०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० आश्विन २७, ०८: २०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...