भक्तपुर । ताथलीमा असोज ११ बाट सुरुभएको विराट ज्ञान महायज्ञ आज सकिएको छ । महायज्ञमा राजनीतिक दलका नेता देखि राष्ट्रिय कलाकारहरुको उपस्थिति रहेको थियो । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीदेखि जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसम्म महायज्ञमा सहभागि भएका थिए ।
चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा १७ दिन लामो श्रीमद्भागवत पितृ मुक्ति ज्ञान महायज्ञ शनिबार सम्पन्न हुदा भक्तजनको घुइचो अधिक थियो । महायज्ञमा पूर्व र बहालवाल मन्त्रीहरूसमेत उपस्थित भएको आयोजकले जनाएको छ ।
महायज्ञमा बहालवाला महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्य, बागमती प्रदेशका श्रम, यातायात तथा रोजगार मन्त्री लक्ष्मण लम्साल, बागमती प्रदेशका सांसद सकुन्तला श्रेष्ठ, सांसद रमा आले, सांसद धनेश्वरी प्रजापति लगायतका काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाका नगर प्रमुखहरु उपस्थित भएको छोरीको घर ज्येष्ठ नागरिक आश्रमले जनाएको छ ।
भक्तपुर क्षेत्र नं २ का सांसद एवं नेपाली कांग्रेस भक्तपुरका अध्यक्ष दुर्लभ थापा लगायत जिल्लाका नगरपालिकाका प्रमुख, उप–प्रमुख, वडा अध्यक्षहरु सहभागी भएर गुरुको आर्शिवाद लिएको जनाएको छ ।
महायज्ञमा सहभागिताका लागि प्रधानमन्त्री एवं नेकपा एकीकृत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकटेलसहित बागमती प्रदेशका सम्पूर्ण माननीयहरुलाई निमन्त्रणा गरिएको महायज्ञ सम्पादन समितिका सहसंयोजक श्रीकण्ठ खडकाले बताए ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...