भाडादरमा हुने कालोबजारी रोक्न नेविसंघले बुझायो मन्त्रीलाई ज्ञापनपत्र – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

भाडादरमा हुने कालोबजारी रोक्न नेविसंघले बुझायो मन्त्रीलाई ज्ञापनपत्र

ललितपुर । मन्त्रीनिवास पुलचोकमा पुगेर नेपाली कांंग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ) मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । चाडबाडका बेला भाडादरमा हुने कालोबजारी नियन्त्रण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री किराँतीले इनधनको भाउ बढेका कारण भाडादर बढेको भन्दै चाडवाडका बेला कालोबजारी रोक्न मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गरीसकेको बताए ।

नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु एकमात्र विकल्प रहेको जिकिर गरे । नेविसंघले राखेको कुरा जायज भएको भन्दै मन्त्री किराँतीले अब १० वटासम्म जहाज थपेरै भएपनि निगम अगाडि बढ्ने बताए ।

दशैँअघिनै औपचारिक रुपमा विमान खरिद प्रक्रिया अघि बढ्ने भन्दै किराँतीले आजबाट दुर्गम क्षेत्रका लागि नेपाल एयरलाइन्सको विमान दशैँभर सञ्चालन गर्ने बताए ।

सो अवसरमा नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले चाडवाडको मौका छोपी कमाउ धन्दामा लाग्नेहरुलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताए । भारत जान ११ हजार तर नेपालकै सुर्खेत जाँदा १६ हजारसम्म भाडादर किन ? भनेर प्रश्न गरे । तत्काल नियन्त्रण र निगरानी राख्न मन्त्री किराँतीको ध्यानाकर्षण गराए ।

सम्बन्धित समाचार

नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
नागढुंगा–मुग्लिन सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने
  • २०८० आश्विन २८, २१: २०

चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० आश्विन २८, २१: २०

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० आश्विन २८, २१: २०

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...