काठमाडौं । कोशीका विषयमा छलफल गर्न उपसभापति र महामन्त्रीहरुलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धुम्बाराही बोलाएका छन् ।
सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्री माओवादीलाई छुट्याएको थियो ।
तर नेता डा. शेखर कोइराला पक्षले एमालेलाई हातमा लगेर माओवादीलाई लत्याइदियो ।
त्यसपछि राजनैतिक घटनाक्रमले फरक मोड लियो । कोइराला निकट केदार कार्कीले एमालेको सहयोगमा मुख्यमन्त्री पट्काएपछि देउवा आगो बनेका छन् ।
त्यसैको फलस्वरुप देउवाले धुम्बाराहीमा बोलाएर ४ बजेपछि छलफल गरेका छन् । यधपी निर्णय सार्वजनिक भइसकेको छैन ।
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...